×

दाउन्ने सडकखण्ड वर्षभरि ६३ पटक अवरुद्ध, निर्माण कार्यले थपिएको समस्या

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्र पछिल्लो एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । साउन १ गते २०८१ देखि असार ३२ गते २०८२ सम्मको अवधिमा यो सडक पूर्ण वा आंशिक रूपमा पटक–पटक अवरुद्ध हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रमुख जनक बन्जाराले जानकारी दिए ।

सडक अबरुद्ध हुनुमा मुख्यतः वर्षाका कारण आएको पहिरो र माटोका साथै, मर्मतका क्रममा प्रयोग भएका ठूला उपकरणका कारण जाम हुनु तथा सवारी बिग्रेर बाटो थुनिनु प्रमुख कारण रहेको बताइएको छ ।
विशेष गरी विश्वकर्मा मन्दिर, घ्युखोला र त्रियासी मोड आसपासका क्षेत्रलाई बढी संवेदनशील मानिन्छ ।

दाउन्ने पहाडमा सडक विस्तारका लागि भित्तो कटान थालिएपछि अबरुद्ध हुने क्रम झनै बढेको छ । १४ किलोमिटर दूरी रहेको यो क्षेत्रमा गत आर्थिक वर्ष अघिल्ला वर्षभन्दा धेरै पटक सडक अवरुद्ध भएको छ ।

“वर्षामा पहिरो, हिलो र सडक कटान, घाम लाग्दा धुलो र खाल्डाखुल्डी — यी सबैले दाउन्ने क्षेत्र सधैं समस्याग्रस्त बनाइरहेको छ,” प्रमुख बन्जाराले भने ।

गत पुस २६ गते विनयी खोला पुल भाँचिएपछि यातायात झनै अस्तव्यस्त बनेको थियो । अस्थायी डाइभर्सन निर्माण गरिएको भए पनि खोलाले पटक–पटक बगाउँदा सडक आवागमन बारम्बार अवरुद्ध हुन पुगेको थियो ।

तर, गत असार १९ गतेदेखि विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएपछि भने त्यो समस्या केही हदसम्म समाधान भएको छ ।

सडक विस्तारका क्रममा गत चैत २७ देखि ३१ गतेसम्म दिनको ११ देखि ३ बजेसम्म र वैशाख १ देखि ३१ गतेसम्म रातिको ११ देखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी आवागमनमा रोक लगाइएको थियो ।

हाल दाउन्ने क्षेत्रमा पर्खाल निर्माण, कल्भर्ट र सडक ढलानको काम भइरहेका छन् । पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार तीन लेनको सडक विस्तार अन्तर्गत बजार क्षेत्रमा सर्भिस लेनसहित ६ लेन र जोखिमयुक्त दाउन्ने क्षेत्रमा तीन लेनको काम भइरहेको छ ।

यो आयोजनाको जिम्मा लिएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले तीनपटक म्याद थप गरिसकेको छ भने साउन मसान्तभित्र काम सक्नुपर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.