नेपाल धितोपत्र बोर्डले हालै लागू गरेको धितोपत्र व्यवसायी (छैटौँ संशोधन) नियमावली, २०८२ अनुसार अब स्टक डिलर कम्पनीहरूले आफैं आईपीओ निष्कासन गर्न सक्ने भएका छन् ।
बजारमा हाल नागरिक स्टक डिलर (नागरिक लगानी कोष) र नबिल स्टक डिलर (नबिल इन्भेष्टमेन्ट) गरी दुई स्टक डिलर कम्पनी सञ्चालनमा छन् । दोस्रो बजारमा अस्वाभाविक उतारचढाव नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएका यस्ता कम्पनीहरूलाई नयाँ संशोधनले आईपीओ ल्याउने अधिकार दिएको हो ।
यससँगै शेयर ब्रोकर कम्पनीहरूको पुँजी पुर्याउने समय सीमा पनि ९ महिना थप गरिएको छ । यसअघि असार मसान्तसम्म पुँजी पुर्याउनु पर्ने व्यवस्था थियो भने अब त्यसको अवधि चैत मसान्तसम्म लम्ब्याइएको छ ।
