राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक चौधरीले तीन मन्त्रीमाथि सार्वजनिक भएका गम्भीर आरोपप्रति सरकार किन मौन छ भन्ने प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै चौधरीले गृहमन्त्री रमेश लेखक, भूमिसुधारमन्त्री बलराम अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि पदको दुरुपयोगका प्रमाण बाहिर आए पनि कारबाही नभएकोप्रति आपत्ति जनाए।
उनले भने, “गम्भीर आरोपबीच कुर्सीमा बसिरहनु कत्तिको उपयुक्त हुन्छ?”
चौधरीले गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणमा, मन्त्री अधिकारी र गुप्तालाई घूस डिल प्रकरणमा संलग्न भएको आरोप लगाउँदै उनीहरू सबैले राजीनामा दिनुपर्ने धारणा व्यक्त गरे।
