काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगरसभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित बजेट प्रस्तुत गरेकी छन्।
उनले रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार संचित कोषमार्फत व्ययभार हुने र थप रु ६५ करोड रुपैयाँ अन्य वाह्य स्रोतहरूबाट व्ययभार हुने गरी जम्मा रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्ताव गरेकी हुन्।
बजेटमार्फत सामाजिक विकास, पूर्वाधार निर्माण, प्रशासनिक सञ्चालन, आर्थिक वृद्धि र सुशासन लगायतका क्षेत्रलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।
