राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा पूर्वमन्त्री बालाराम घर्ती मगरको शुक्रबार बिहान निधन भएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, सातदोबाटोस्थित निवासमा बसिरहेका बेला एकाएक स्वास्थ्यमा समस्या आएपछि उनलाई बीएण्डबी अस्पताल लगिएको थियो। अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घर्ती मगरको श्रीमती र सात छोरी छन्। छोरीमध्ये एकजना बाहेक सबै विदेशमा रहेका कारण अन्तिम संस्कार उनीहरू नेपाल आएपछि मात्रै गरिने परिवारले जनाएको छ। हाल उनका पार्थिव शरीर बीएण्डबी अस्पतालमै राखिएको छ।
रोल्पाबाट प्रतिनिधित्व गर्ने घर्ती मगर विभिन्न समयमा सांसद र मन्त्रीको जिम्मेवारीमा रहिसकेका अनुभवी राजनीतिज्ञ थिए।

