×

कांग्रेस इतर समूहद्वारा अनुशासन समितिको कारबाही अस्वीकार, सभापतिलाई निर्णय कार्यान्वयन नगर्न आग्रह

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नेतृत्वमा रहेको इतर समूहले पार्टीको अनुशासन समितिले हालै गरेको २३ नेतामाथिको कारबाही निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ।

बुधबार बिहान विशालनगरस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले अनुशासन समितिको निर्णय पार्टीको नियमावली विपरीत भएको ठहर गर्दै त्यसलाई स्वीकार नगर्ने निर्णय गरेको हो। बैठकले उक्त निर्णय कार्यान्वयन नगर्न पार्टी सभापति शेरबहादुर देउवालाई औपचारिक रूपमा आग्रह गर्ने पनि जनाएको छ।

बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, सह–महामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायत काठमाडौंमा रहेका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो।

अनुशासन समितिको कारबाही प्रक्रिया विधानविपरीत, एकतर्फी र आन्तरिक छलफलबिना गरिएको भन्दै नेताहरूले विरोध जनाएका छन्। केन्द्रीय सदस्य सञ्जय गौतमका अनुसार, “हामीले उक्त कारबाहीलाई विधानविपरीत र अन्यायपूर्ण ठानेका छौँ। सभापतिलाई कारबाही प्रक्रिया अघि नबढाउन औपचारिक आग्रह गर्ने निर्णय गरेका छौँ।”

बैठकमा सहभागी नेताहरूले कारबाहीमा परेका नेताहरूको पक्षमा दृढतापूर्वक उभिने, अन्याय हुन नदिने र न्याय सुनिश्चित गर्ने अठोट व्यक्त गरेका छन्। साथसाथै राजनीतिक रूपमा उक्त निर्णयको सशक्त प्रतिवाद गरिने पनि गौतमले जानकारी दिए।

बैठकमा उपसभापति धनराज गुरुङले अनुशासन समितिको निर्णय पार्टी नेतृत्वबीच भएको समझदारीविपरीत आएको आरोप लगाएका छन्। उनका अनुसार, समितिका संयोजक आनन्द ढुंगानाले आन्तरिक छलफल नै नगरी एकाएक प्रेस विज्ञप्ति निकालेर कारबाही सार्वजनिक गरेका थिए, जुन अस्वीकार्य कार्यशैली हो।

इतर समूहले अब सभापति देउवाको ध्यानाकर्षण गराउँदै अनुशासन समितिको कारबाही फिर्ता गरिनुपर्ने माग अघि बढाउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.