×

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, ६ जनाको मृत्यु

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने केही घाइते भएका छन्। कैलाली, झापा, ललितपुर र सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनाले मानवीय क्षति पुर्‍याएको हो।

कैलालीको लम्कीचुहा नगरपालिका–६ स्याउलेस्थित सडकमा अटोले ठक्कर दिँदा सोही ठाउँकी ५५ वर्षीया लक्ष्मी ढुङ्गानाको मृत्यु भएको छ। म.१ ह. ८५८ नम्बरको अटोले ठक्कर दिँदा घाइते भएकी ढुङ्गानाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी अर्की एक पैदल यात्रीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। अटो चालक प्रहरीको नियन्त्रणमा छन्।

झापाको बाह्रदर्शी गाउँपालिका–१ खैरबारीमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा परी कचनकवल–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी, उहाँकै ३ वर्षीय नाति आयुष राजवंशी र भारतको किशनगंज डिगलबैंकका २५ वर्षीय सुरज टुडुको मृत्यु भएको हो। स्कुटरमा सवार २७ वर्षीया उर्मिला राजवंशी घाइते भएकी छन् र उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

ललितपुर महानगरपालिका–१ कुपण्डोलमा ट्याङ्करको ठक्करबाट एक अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। नाम, थर र वतन खुल्न नसकेको ती व्यक्तिको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो। दुर्घटनामा संलग्न ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१४ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १९ वर्षीय विष्णुकुमार महतोको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो। घटनामा घाइते अर्का एकजनाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

यी सबै दुर्घटनाका विषयमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले अनुसन्धान अगाडि बढाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.