×

संकटमा गगन थापा, प्रमाण पेस गर्न नसके यसरी पर्न सक्छन कानुनी फन्दामा

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

पौष ११ । काठमाण्डौ । सहकारी ठगि प्रकरणमा रबि लामिछाने सँग पौठे जोरी खेलेका नेपाली काङ्ग्रेसका युवा नेता भनेर चिनिएका गगन थापा आफै कानुनि झमेलामा फस्ने निश्चित देखिन्छ। खास गरि रबि लामिछाने माथि लागेको सहकारी ठगि आरोपमा कांग्रेस नेता गगन थापाले सहकारी ठगीका प्रमाणहरु आफु सँग सुरक्षित रहेको भन्दै संसद्मै बोलेका कुराले नै उनलाइ यतिखेर तनाब सिर्जना गरेको छ।

उनले सहकारी ठगी प्रकरणमा रबि लामिछानेले आफैले हस्ताक्षर गरेर १ अर्ब भन्दा बढी रकम झिकेका प्रमाणहरु पेस गरौँ भन्दै हुर्मत लिएपछि धेरै कांग्रेस र कांग्रेस समर्थकहरुले उनका कुरालाई बिश्वास गरेर रबि माथि सहकारी ठगको ट्याग नै लगाउन सफल भए। रबि लामिछानेले सरकारका गृहमन्त्री हुँदै गर्दा आफु सहकारी ठगि प्रकरणमा कतै नजोडिने, आफुले कुनै पनि सहकारीबाट रकम नलिएको दाबि गरेतापनि कांग्रेसले रबि लाइ नै लक्षित गरेर सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन गर्नु पर्ने माग राख्दै संसदको रोस्टम नै घेराउ गरेका थिए।

कार्तिक २ गते आफ्नै पार्टी कार्यालय बाट पक्राउ परेका रबि लामिछाने अहिले बिगत २ महिना भन्दा बढी समय देखि पोखरा स्थित प्रहरी हिरासतमा छन। उनि सहित ३१ जना बिरुद्द प्रहरीले सहकारी ठगि, सङ्गठित अपराध र सम्पति शुद्दिकरण लगायतका प्रकरणमा मुद्दा दायर गरेको छ। रबि माथि छानबिन हुदै गर्दा गगन थापाले आफुसँग भएका प्रमाण संसदीय छानबिन समितिलाई दिने भनिएता पनि गगन थापाले कुनै पनि प्रमाण उपलब्ध गराउन नसकेको कुरा स्वयम् संसदीय छानबिन समितिका सदस्य हरुले बताउंदै आइरहेका छन् यता रबि लामिछानेले पोखरामा न्यायाधिस समक्ष समेत सहकारी ठगी गरेको प्रमाण खै भन्दै प्रश्न गरेको कुरा बाहिर आएको थियो। तसर्थ यहि बिषयले गर्दा नै गगन थापा सँग जोडिएर प्रमाणका कुराले गर्दा उनलाई समेत पोखराको अदालतले कठघरामा उभ्याउन सक्ने कानुनका जानकारहरु बताउछन।

गगन थापा कसरि कानुनि झमेलामा फस्न सक्छन त् ?

भिडियो हेर्नुहोस

गगन थापाले संसदमा सहकारीको प्रमाण म सँग छ भन्दै बोलेको कुरा र उनले प्रमाण भन्दै देखाएको कागज अदालतमा प्रस्तुत गर्न नसके उनलाई झुटो प्रमाण खडा गरेको केशमा ५ बर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना हुन सक्ने कानुनका जानकार बताउछन। गगन थापाले यो कुरा बुझेरै पछिल्लो समय मिडिया र पत्रकारहरु सँग टाडिएका छन् तर पत्रकारहरुले पनि गगन जी तपाई सँग भएको सहकारी ठगेको प्रमाण कहाँ छन् ? त्यो प्रमाण कालो छ कि सेतो छ भन्दै प्रश्न गरेपछि अदालतमा प्रवेश गरेको बिषयमा बोल्न नहुने तर्क दिंदै पत्रकारहरुको मुख थुन्ने प्रयास गर्दै आएका छन्।आफु पनि कानुनी झमेलामा पर्ने थाहा पाए संगै अदालतलाई नै प्रभाव पर्ने गरि गगन थापाले केहि दिन अगाडी अहिलेका प्रधान न्यायाधिस प्रकाश मान सिंह रावतलाइ नामै लिएर ” अहिलेका प्रधान न्यायधिस नेपालि कांग्रेसमै हुनुहुन्थियो हामि उहाँलाई जय नेपाल प्रकाश दाइ भन्ने गर्थियौ ” भन्दै अहिलेको समयमा प्रधानन्यायधिसको नाम लिनु ले पनि उनि आफु फस्ने डरले सेफ ल्याण्डिङ्ग खोजेको प्रस्ट बुज्न सकिन्छ।

यदि भोलि रबि माथि हुने थुनछेक बहसमा रबि लामिछानेले संसदमा गगन थापाले प्रमाण भन्दै पेस गरेको कागज झिकाई पाम भन्यो भने कास्की जिल्ला अदालतले उक्त प्रमाण झिकाउन आदेश दिन सक्छ। र उनले अदालत सामुन्ने सो प्रमाण भनेर संसदमा देखाएको कागज अदालतलाई प्रमाण शोरुप देखाउन सकेनन् भने उनलाई भ्रम सिर्जना गरेको वा नक्कली प्रमाण खडा गरेको कसुरमा उनीमाथि ५ बर्ष कैद र ५० हजार सम्म कैद सजाय हुनसक्छ
त्यसैले रबि सँगको टक्कर गगन थापाको लागि भरि पर्ने देखिन्छ। पछिल्लो समय गगन थापाको राजनीति भबिष्य रबि लामिछानेको सहकारी प्रकरणमा निहित रहेको धेरैको बुझाइ छ। सुरुमा कांग्रेस एमाले भर्सेस रबि देखिएता पनि सहकारी प्रकरणmaa गगन थापाको अभिव्यक्तिका कारण रबि भर्सेस गगन थापा बनेको छ। पहिलो पटक रबि लामिछाने माथि पक्राउ पर्ने हल्ला हुदै गर्दा के पी शर्मा ओलीले केहि सहानुभूति रबि माथि देखाएको थियो तर दोस्रो पटक कांग्रेस कै दबाबका कारण रबि माथि पक्राउ गर्नुपर्ने बाध्यता प्रधानमन्त्री केपी शर्मा ओली माथि आएको राजनीतिक विश्लेषक हरुको भनाइ छ।

अहिले रबि माथि सहकारी ठगीको मुद्दामा दोषी नदेखिए गगन थापाको राजनीतिमा ठुलै धक्का लाग्ने छ। उनले सहकारी ठगीमा रबि लामिछानेको प्रत्यक्ष संलग्नता भएको भन्दै आरोप पुस्टि नभए राजनीति नै छोड्ने घोषणा समेत दिएका थिए। त्यहि कारण पनि गगन लगायत सम्पूर्ण कांग्रेस एमालेलाइ रबि माथि सहकरी ठग प्रमाणित गर्नुपर्ने बाध्यता छ।
रविको मुद्दा अहिले अदालतमा प्रवेश गरेको छ। उनीमाथि सहकारी ठगि, संगठित अपराध र सम्पति शुद्धिकरण प्रकरणमा प्रहरीले मुद्दा अगाडी बढाइएको छ भने छबि जोशी , कुमार रम्तेल लगायत ३१ जना बिरुद्द प्रतिवादी बनाएर प्रहारिले मुद्दा अगाडी बढाएको छ।

यो पनि हेर्नुहोस् 

सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने छौ : मन्त्री सिंह

एमालेभित्र ‘अनुशासनको छडी’ : भीम रावललगायत तीन नेतामाथि कडा कदम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.