×

सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने छौ : मन्त्री सिंह

खालीपाना न्युजडेस्क | ४ हप्ता अगाडि

पुस,११ काठमाडौँ। उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताउनुभएको छ ।

बिहिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सिंहले नागरिकको बचतमा बदमासी गर्ने दोषीहरुले कुनै हालमा उन्मुक्ति नपाउने समेत बताउनुभयो ।

उहाँले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले आफूहरु सरकारमा आएपछि विधिको शासनअनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गर्नुभयो । रास्वपाकै सदस्य सहभागि संसदीय समितिको सिफारिसका आधारमा लामिछानेमाथि छानविन अघि बढिरहेको पनि उहाँले बताउनुभयो । उहाले वर्तमान सरकार उदेश्य अनुसार नै अघि बढिरहेकाले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने उल्लेख गर्नुभयो ।

चितवनको सौराहामा आयोजित हात्ति महोत्सवमा सहभागि हुन चितवन पुग्नुभएका उपप्रधानमन्त्री सिंहले महोत्सवहरुले आर्थीक गतिविधि बढाउने बताउनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *