चाडबाड नजिकिदै गर्दा चिनीको आपुर्ती सहज बनाउन रास्वपा सांसदको मन्त्रीलाई सुझाव,

 काठमाडौ। चाडबाड नजिकिदै गर्दा चिनीको आपूर्ति सहज बनाउन रास्वपाका सांसद गणेश पराजुलीले उद्योग तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ज्ञापन पत्र दिएका छन्।  उनले आज मन्त्रालयमै मन्त्री भण्डारीलाई भेटॆरै उक्त पत्र थमाएका हुन्।

ads

नेपालका उपभोक्ता तथा औद्योगिक क्षेत्रमा चिनीको माग धान्न र चिनी उत्पादनमा आत्म-निर्भर हुदैँ निर्यात गर्न सक्ने पर्याप्त सम्भावना हुदा- हुदै पनि राष्ट्रिय मागको करिब ६०% चिनी मात्र आन्तरिक उत्पादनले धान्न सकेको छ। चिनी केवल नेपाली उपभोक्ताको लागी उपभोग्य वस्तुमात्र होइन, देश भित्र संचालित थुप्रै उद्योगहरुको महत्वपूर्ण कच्चा पदार्थ पनि हो।

गत वर्ष समयमा नै चिनी मौज्दातको पर्याप्त व्यवस्थापन गर्न सरकार चुक्दा एकातिर महत्वपूर्ण चाड दशैं र तिहारको समयमा रू ८०/- मा पाउँने गरेको चिनीलाई रु २२०/- सम्म तिर्न उपभोक्ता बाध्य हुनु पर्यो भने थुप्रै उद्योगहरुले उत्पादनमा निकै समस्या भोग्नु परेको थियो। अझ अभावको समयमा कालोबजारी र चोरी आयातले प्रसय पाउदा राज्य आयात भन्सार कर प्राप्तिबाट पनि बञ्चित हुनु परेको थियो। यो आर्थिक वर्षमा हुने उखु क्रसिङ्गको सिजन समाप्त भइ सकेको छ र देश भित्र संचालित सबै उद्योगहरुले जम्मा-जम्मी करिब १,७५,००० मे.टन चिनी उत्पादन गरेको तथ्याङ्क प्राप्त भएको छ।

अतः नेपालको अनुमानित माग, वार्षिक करिब ३ लाख मे.टनको ५८% देखि ६०%मात्र आन्तरिक उत्पादनले धान्ने देखिन्छ। त्यसकारण करिब ४०% अर्थात १ लाख २० हजार मे.टन चिनी अपुग हुने प्रष्ट देखिन्छ। यतिखेर छिमेकी देशका उपभोक्ताले प्रति केजी रू८६/-( भा. रू ५५/-)मा चिनी उपभोग गर्न पाइरहेका छन् भने सिमाना वारि हाम्रोमा रु १०० प्रति केजी तिर्दै आएको छ्न ।

ads

सरकारले चिनी आपूर्तिमा देखिने अभावलाई व्यवस्थापन गर्न समयमा आयत तथा भण्डारणको लागी उचित निर्णय लिएर चिनीमा हुने कालोबजारी नियन्त्रण गर्न, चिनीको मूल्यमा स्थिरता कायम गर्न, आपूर्ति व्यवस्था सहज गर्न र औपचारिक आयातबाट प्राप्त हुने करको सुनिश्चितता गर्न यथाशीघ्र दिगो र प्रभावकारी बनाउन रास्वपा सांसद गणेश पराजुलिले उधोग , वाणिज्य तथा आपुर्ती मन्त्री सहित मन्त्रालयको ध्यानाकर्षण गराएका छ्न ।

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *