जीबी राईलाई पक्रन,मलेसियाको गृहमन्त्री सँग कुरा भै रहेको छ – गृहमन्त्री लामिछाने

काठमाडौ।  मलेसियामा रहेको भनिएको सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाइ पक्राउ गर्न मलेसियाका गृहमन्त्री सँग आफ्नो कुराकानी भै रहेको  गृहमन्त्री रबी लामिछानेले बताएका छन्।

ads

सहकारी काण्डमा मुछिएका जीबी राईलाई पक्राउ  गर्न बारम्बार  दवाब आएपछि उहाँले यस्तो जवाफ दिनुभएको हो। आज बसेको संसदीय दलको बैठक बाट बाहिरिंदै गर्दा पत्रकारहरुले जीबी राइलाइ पक्राउ गर्ने कुरा के भै रहेको छ भन्ने प्रश्न गर्दा लामिछानेले यस्तो जवाफ दिनुभएको हो।  पछिल्लो समय जीबी राई र सहकारी ठगि प्रकरण रबि लामिछाने माथि निकै पेचिलो बन्दै गइ रहेको छ। आफु गृहमन्त्री भए आकाश पाताल जहाँ भएपनि पक्राउ गरेर ल्याउने उनको अभिव्यक्ति आज उनैलाई घाँटीमा अड्किएको हड्डी जस्तै बनेको छ।

पछिल्लो समय प्रतिपक्ष दल नेपाली कांगेसले गृहमन्त्री माथि छानबिन गर्न संसदीय छानबिन समिति बन्नु पर्ने माग राख्दै लामो समय देखि संसद अबरुद्द गर्दै आई रहेको छ। यसैको जवाफमा रबि लामिछानेले आफु माथि कहिँ कतै उजुरी नपरेको र आफुले यहि कुरा संसदमा राख्न खोज्दा बोल्ने नदिएर संसद अबरुद्द गरेको उहाको भनाइ छ।

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *