“आमा यु डिजर्व मोर हयापीनेस”

आमा यु डिजर्व मोर हयापीनेस

ads

नौ नौ महिना कोखमा राखी दु:ख पिडा नभनी आफ्ना सपनाहरु थाती राखी सन्तानहरुको भविष्य कोर्ने जीवित भगवान हुन आमा । आमा पवित्र प्रेम हुन , आमा सिर्जना हुन ,आमा जीवनको आधार हुन,आमा निस्वार्थ सेवाहुन । सबै आमाहरुका लागी आफ्ना सन्तान प्यारा र राम्रा लाग्छ ! आमाको नजरमा आफ्ना छोरा छोरीहरु सबै भन्दा राम्रा लाग्छन । बाल्यकाल गाउमा बाल्यकाल बिताएको भएर होलाआमाको अर्गानिक माया पाइयो। घास पात ,दाउरा गरेर साझ आएर भान्सामा चुलो फुक्न तयार हुन्थिन आमा । आफ्ना पढ्ने सपना मारेर आफ्ना सन्तानहरुको शिक्षाका लागी बारीका तरकारी बेचेर हुन्छ कि दुध दहि बेचेर हुन्छ आमा विधालयको मासिक शुल्क तिर्न विद्यालय पुग्ने आमा।आफुलाई एक जोर चोलो किन्ने पैसा नहुदा आमाको लागी छोरा-छोरीको एक सरो नयाँ लुगा महत्वमा पर्ने गर्थ्यो। हाम्रो जिबनको कथाको मुख्य  पात्र आमा हुन,सबैका लागी आमा आइडल हुन । आमा संघर्षको अर्को नामहो।

आज हाम्रो समाजमा धेरै परिवर्तन भएको छ । समाजमा विदेशी प्रभाव र संस्कारले बिस्तारै जडा गाडिरहेको छ।  टेक्नोलोजी ले समाजका सम्बन्धहरुलाई फरक बनाएको छ ,संसार आर्टिफिसीअल इंटेलिजन्स मा घुमिरहेको छ मान्छेहरु बढी फुर्सदिला हुनुपर्नेमा आमालाई धन्यवाद भन्न पर्ब नै कुर्न पर्ने देखिन्छ । सम्बन्धहरु फेसबुक र टुइटरहरुमा सिमितबन्दै गएका छन।

केहि दिन अगाडी एक जना साथीको बिहे भोजमा किर्तिपुर पुगे। दुलाहदुलही को नजिकै बसेकी आमालाई एकछिन हेरे लाग्थ्यो उनी सबै भन्दा धेरै खुसि थिइन ।

ads

हाम्रो देशका धेरै युबाहरु बिदेशिएका छन आमाहरुलाई यो भन्दा पीडा केहि हुन सक्दैन । भौतिक दुरी जस्तै मायाका डोरी टाढा नहुन भनेर कामना गर्ने आमा साच्चै महान छिन । वाटोमा हिडिरहदा काखमा सानो नाबालक छोरा बोकेर अरुको आश गर्दै गरेकीआमाको महिमा कसरी बयान गर्न सकिन्छ र।

समाजमा अनेक किसिमका मानिस हुन्छन आमा नजिक हुदा आमाको महत्व नभुझ्ने अनि आमाको विछोड भएपछि रोदन गरेर बस्नेहरु दानवहुन । आमाहरुको महत्व बुझ्न “आमाको गरीमा आमा गुमाएकाहरुलाई गएर सोध अनि आमाको सामिप्यता के हो बिहे गरेर गएका नारीहरुलाई सोध । “

विहान उठेर सबै भन्दा अगाडी आमाको आवाज सुनेर सुरवात गर्यौ भने जिन्दगी कति उज्यालो हुन्छ। देउता तुल्य आमालाई खुसी राख्ने पहिलो कर्तव्य सन्तानको हो । आमाको दुख सुखमा सधै साथमा हुँदा  जिबन जिउनुको सार्थकता पाइन्छ ।यो एक जुनीमा सन्तानले गरेको कामले आमाको शिर उच्चहोस ।आमालाई आफ्ना सन्तानले गरेका कार्यले कहिल्यै चित्त नदुखोस एउटा ठुलो इच्छा छ आमाका सबै चाहनाहरु पुरा गर्न सकु अनिभन्न मन लाग्छ “आमा यु डिजर्व मोर हयापीनेस । “ सबै सन्तानहरुले आफ्नो आमाको महत्व बुझौ । मातातिर्थ औसीको सबैलाई शुभकामना ।

लेखक परीचय
शंकर भण्डारी
बाताबरण बिज्ञान र राजनीति शास्त्रमा स्नाकोत्तर
त्रिभुवन विश्व विद्यालय ,किर्तिपुर

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *