परस्त्री सँगको प्रेम पछि अर्जुन सापकोटाको ‘बस्यौ अलक्कै’ (भिडियो)

पछिल्लो समय एक पछि अर्को सुमधुर गीत संगीत मार्फत चर्चामा आएका गायक अर्जुन सापकोटा ले भर्खरै य़ुटुब मार्फत  बस्यौ अलक्कै   म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  पछिल्लो समयका निकै चर्चित गीतहरु मार्फत परिचित नाम अर्जुन सापकोटाले पछिल्लो समयमा ल्याएका गीतहरु  बनकी चरी,  ए ठुली  डाँडैको टुनी जस्ता गीतहरु दर्शक माझ निकै लोकप्रिय छन्।  उनका गीतहरु बिभिन्न कार्यक्रम देखि सामाजिक संजाल फेसबुक र टिकटकमा समेत सर्वाधिक रोजाइमा पर्ने गरेका छन्।

ads

उनले पछिल्लो समय निकालेको म्युजिक भिडियो सहितको यो गीत समाचार तयार पार्दा सम्म ट्रेण्डिङ्ग १ मा पर्न सफल रहेको छ। यस गीतमा उनले केहि समय अघि कोरिया जाने तयारिमा रहेका २ युवाहरु आन्दोलनको समयमा गोलि लागि मृत्यु भएको घटनालाई समेत जोडेका छन्।  भिडियोमा देखाए अनुसार परस्त्री सँगको प्रेम बिछोडको पाटोलाई भिडियोमा उतारेका छन्।  यस गीतमा अर्जुन सापकोटाकै शब्द संगीत रहेको छ भने शान्ति श्री परियारको समेत स्वर रहेको छ।  भिडियोमा अर्जुन सापकोटा, गरिमा शर्मा र बिराज बास्कोटाले अभिनय गरेका छन्।

यो हेर्नुस पुरा भिडियो। 

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *