×

रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च : कर्णालीको प्राकृतिक सम्पदालाई खेलकुदसँग जोड्ने प्रयास

खालीपाना न्युजडेस्क | ६ घण्टा अगाडि

मुगु । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा पुगेको छ । राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णालीको प्राकृतिक, ऐतिहासिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सुरु गरिएको ट्रफी तथा टर्च टुर स्वर्गकी अप्सराको उपमा पाएको रारा पुगेको हो ।

नेपालकै ठूलो तालका रूपमा परिचित रारा कर्णालीको प्रमुख पर्यटकीय आकर्षण हो । समुद्री सतहबाट करिब दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा तालको प्राकृतिक सौन्दर्य, नीलो पानी र वरिपरिका वनजंगलले पर्यटकलाई आकर्षित गर्दै आएका छन् । रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित यो ताल कर्णालीको पर्यटन पहिचानसँग जोडिएको महत्वपूर्ण प्राकृतिक सम्पदा हो ।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च रारासम्म पु¥याउनुले खेलकुदलाई पर्यटनसँग जोड्ने अवसरसमेत सिर्जना गरेको छ । राष्ट्रियस्तरका खेलाडीको सहभागितामा सञ्चालन भइरहेको टर्च तथा ट्रफी टुरले प्रतियोगिताको प्रचारप्रसारका साथै कर्णालीका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको टर्च तथा ट्रफी टुर शुक्रबार दैलेखको श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी सुरु गरिएको थियो । म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा सुरु भएको ट्रफी टोली कालीकोट र जुम्ला हुँदै रारा पुगेको हो ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन् ।

यसअघि टोलीले जुम्लाको प्रमुख धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा ट्रफी तथा ओलम्पिक टर्च पु¥याएको थियो । जुम्ला बजार परिक्रमा गराएर मन्दिर पु¥याइएको ट्रफी तथा टर्चलाई त्यसपछि रारासम्म लगिएको हो ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ। प्रतियोगिताअन्तर्गतका १० खेल भने मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतस्थित प्रदेश रंगशालामा भव्य समारोहका बीच प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।

कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना हुनु खेलकुदको विकाससँगै प्रदेशको पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाको प्रचार गर्ने अवसर पनि हो । राराजस्तो राष्ट्रियस्तरमा परिचित पर्यटकीय गन्तव्यमा ट्रफी तथा टर्च पु¥याइनुले खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको प्राकृतिक पहिचानसँग जोडेको ओलम्पिएन दीपक विष्टले बताए ।

यसलाई राष्ट्रिय खेलकुदको प्रचारलाई प्रतियोगिता सञ्चालन हुने खेलस्थलमा मात्र सीमित नराखी प्रदेशका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यसम्म विस्तार गर्ने प्रयासका रूपमा लिनु पर्ने उनले बताए ।

रारामा पहिलो पटक ओलम्पिक टर्च पुर्याउन सफल भएकोमा खुशी व्यक्त गर्दै उनले यो प्रयासले सम्भावनायुक्त कर्णालीलाई विश्वमाझ पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.