×

अझै सुल्झिएन अमेरिकाको हवाई सेवा समस्या

खालीपाना न्युजडेस्क | ८ घण्टा अगाडि

काठमाडौं । अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं उडान रद्द भएका थिए भने १० लाखभन्दा बढी यात्रु प्रभावित भएका थिए ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार साँझ देशव्यापी उडान रोक्ने निर्णय हटाए पनि त्यसपछि पनि उडान रद्द र ढिलाइको क्रम जारी छ । विमान तथा चालक दलको व्यवस्थापन मिलाउन समय लाग्ने भएकाले सप्ताहन्तसम्म हवाई सेवा प्रभावित हुने देखिएको छ ।

उडान ट्र्याकिङ सेवा फ्लाइटअवेयरका अनुसार अहिलेसम्म १५ हजारभन्दा बढी उडान रद्द भइसकेका छन् । आधुनिक अमेरिकी हवाई उड्डयन इतिहासमा देशव्यापी रूपमा उडान रोकिएको यो तेस्रो घटना हो ।

न्युयोर्क क्षेत्रका विमानस्थलमा यसको प्रभाव अझ बढी देखिएको छ । लागार्डिया विमानस्थलमा करिब ८० प्रतिशत उडान रद्द भएका छन् भने जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै आधा उडान रोकिएका छन् ।

उडान रद्द हुँदा यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् । लागार्डिया विमानस्थलमा एक यात्रुले उडान हुनुभन्दा एक घण्टाअघि मात्रै आफ्नो उडान रद्द भएको जानकारी पाएको बताएका छन् । बिहान उडान समयमै हुने देखिएपछि विमानस्थल पुगेका उनलाई अन्तिम समयमा उडान रद्द भएको जानकारी दिइएको थियो । एयरलाइन्सले उनको टिकट सोमबारका लागि पुनः व्यवस्थापन गरेको थियो ।

अन्य एयरलाइन्समा समेत तत्काल टिकट उपलब्ध नभएपछि ती यात्रुले न्युयोर्कमै थप दुई रात बिताउनुपर्ने अवस्था आएको बताए । एयरलाइन्सले होटल खर्च नबेहोर्ने भएकाले आफैँ बस्ने ठाउँ खोज्नुपरेको उनको भनाइ छ ।

यसैबीच, अमेरिकी यातायात मन्त्री सन डफीले देशको हवाई ट्राफिक नियन्त्रण प्रणाली निकै पुरानो भएकाले यस्तो समस्या उत्पन्न भएको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले हवाई पूर्वाधार आधुनिकीकरणका लागि अमेरिकी संसद्सँग ५० अर्ब अमेरिकी डलरको आपत्कालीन बजेट माग गरेका छन् ।

पत्रकार सम्मेलनमा सहभागी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले भने उडान अवरोध साइबर आक्रमणका कारण भएको कुनै संकेत नरहेको स्पष्ट पारेका छन् । यसअघि सन् २०२३ जनवरीमा एफएएको महत्वपूर्ण कम्प्युटर प्रणालीमा खराबी आएपछि अमेरिकामा देशव्यापी उडान रोकिएको थियो ।

त्यसअघि सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि पनि अमेरिकी हवाई सेवा देशव्यापी रूपमा प्रभावित भएको थियो । पछिल्लो घटनाले अमेरिकाको पुरानो हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरण आवश्यकतामाथि पुनः बहस सुरु गराएको छ । सीसीटीभी प्लस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.