×

निर्वाचन प्रणाली जटिल हुँदा बदर मत बढेको छ : प्रमुख निर्वाचन आयुक्त कार्की

खालीपाना न्युजडेस्क | ५३ मिनेट अगाडि

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले नेपालको निर्वाचन प्रणाली जटिल हुँदा बदर मतको संख्या बढेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘समावेश’ परियोजना शुभारम्भ तथा योजना कार्यशाला कार्यक्रममा बोल्दै उनले मतदाता शिक्षा र मतदानमा नागरिकको सहभागिता बढाउन सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको बताए ।

उनले निर्वाचन आयोगका सीमित कर्मचारीका कारण गाउँ–गाउँमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भइरहेको बताए ।

उनले भने, ‘यो सबै कर्मचारी गएर गाउँ–गाउँ गएर नागरिकहरूसँग मतदाता शिक्षाको कार्यक्रम चलाउन सम्भव छ? हाम्रा हरेक जिल्लामा सात जनाको दरबन्दी छ। सातवटा प्रदेशमा नौ जनाको, हरेक जिल्लामा सात जनाको। भनेको त्यो अफिस ढोका खोल्ने र त्यहाँ भएको होइन, जो हाम्रा भोटर्सहरू आउनुभयो उहाँहरूसँग काम गर्दा नै उहाँहरूलाई भ्याउनुहुन्न।’

मतदाता शिक्षा सञ्चालन गर्न नसक्ने अवस्था भए पनि आफ्नो जिम्मेवारीबाट पछि हट्न नमिल्ने उनको भनाइ थियो । तर, मतदाता शिक्षालाई प्रभावकारी रूपमा अघि बढाउने उपायबारे अझै स्पष्ट बाटो पहिल्याउन नसकिएको उनले बताए ।

‘अब भ्याइँदैन भनेर हाम्रो ड्युटीबाट हामी वञ्चित हुन मिल्छ? मिल्दैन नि! तर गर्ने कसरी भन्ने हामीले पनि बाटो पत्ता लगाएको छैन हेर्नुस् । हामीले भन्दाखेरि यो कसको, राजनीतिक दलहरूको हो यो जिम्मा। अथवा सरकारको हो,’ उनले भने ।

निर्वाचन आयोगले पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरेर विद्यालय तहमा नागरिक तथा निर्वाचन शिक्षासम्बन्धी विषय समावेश गर्न पहल गरिरहेको उनले बताए। केही ठाउँमा पाठ्यक्रममा समावेश भए पनि त्यसले मात्रै सबै विद्यार्थीलाई निर्वाचनसम्बन्धी पर्याप्त ज्ञान दिन नसकेको उनको भनाइ थियो ।

‘अहिले पनि इभन हाम्रामा एउटा शाखै छुट्टाएको छ, हामी हरेक स्कुलका विद्यार्थी, कलेजका विद्यार्थीहरूलाई निर्वाचन आयोगमा हामी भिडिओ देखाउने, उहाँहरूलाई आफैँलाई मतदान अधिकृत, निर्वाचन अधिकृत, भोटर्स, क्यान्डिडेट्स सबै बनाएर त्यहाँ रिहर्सल नै गराउँछौँ। र यो गर्ने विधि यस्तो हो भनेर हामी कम्तीमा तीन घण्टाको क्लास लिन्छौँ हामी,’ उनले भने ।

आयोगले प्रदेश तथा जिल्लास्तरमा समेत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आए पनि मतदानमा सहभागिता बढाउन र बदर मत घटाउन पर्याप्त नभएको उनले बताए । यसका लागि राजनीतिक दल, सरकार, नागरिक समाज, प्रमुख जिल्ला अधिकारी तथा गैरसरकारी संस्थासहित सबै पक्षले समन्वय गरेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

‘यत्तिका भरले मात्रै हाम्रो मतदानमा सहभागिता र बदर मतलाई सदर गराउने पर्सेन्ट बढाउनुपर्ने छ, यो हामी सबैको सहभागिता चाहिन्छ । सबै राजनीतिक दल, सरकार, नागरिक समाज, सिडिओ, गैरसरकारी संस्था सबैको इन्टिग्रेटेड एप्रोच भयो भने हामी त्यसमा सफलता प्राप्त गर्न सकिने रहेछ,’ उनले भने ।

उनले राजनीतिक दल र उम्मेदवारहरूले चुनावका बेला मत माग्न घरदैलोमा जाँदा मतदातालाई सही तरिकाले मतदान गर्ने विधिसमेत सिकाउनुपर्ने बताए । निर्वाचन आयोगले वेबसाइटमा नमुना मतपत्र राखेको उल्लेख गर्दै उनले मतपत्रमा कसरी छाप लगाउँदा मत सदर हुन्छ र कुन अवस्थामा बदर हुन्छ भन्नेबारे मतदातालाई बुझाउन आवश्यक रहेको बताए ।

कार्कीले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ एउटै मतपत्रमा दुईवटा चिह्नमा छाप लगाइएका कारण उल्लेख्य संख्यामा मत बदर भएको पनि बताए ।

‘यो पल्टको मतदानमा प्रतिनिधि सभाको है, प्रत्यक्षतर्फ डबल दुईटा संख्या हालेको उल्लेख्य छ, ८० पर्सेन्टभन्दा बढी यसरी भोट बदर भएको छ मत,’ उनले भने ।

मतदानमा नागरिकको सहभागिता बढाउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । टाढाको जिल्लामा मतदान गर्न जाँदा लाग्ने खर्च, समय र पारिवारिक व्यवस्थापनका कारण मतदाता मतदानमा सहभागी हुन नसक्ने अवस्था रहेको उनले बताए ।

मतदानमा सहभागी हुँदैमा आफूले समर्थन गरेको उम्मेदवार विजयी हुन्छ भन्ने निश्चित नहुने सोचले पनि कतिपय मतदाता घरमै बस्ने गरेको उनले बताए । निर्वाचन प्रणाली र मतदानमा लाग्ने खर्चले समेत सहभागितामा असर पारिरहेको उनको भनाइ थियो ।

‘हामी जति नै गफ गरे पनि, जति नै भने पनि जनताको सहभागिता म्याक्सिमम रूपमा बढाउन सकिएन भने हामी सही प्रतिनिधित्व गरेको ठहर्दैन,’ उनले भने ।

अपाङ्गता भएका व्यक्तिहरूको निर्वाचनमा सहभागितालाई अझ विशेष रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिँदै कार्कीले मतदाता शिक्षा र नागरिक शिक्षालाई संयुक्त रूपमा अघि बढाउनुपर्ने बताए ।

‘मतदाता शिक्षा र सहभागिता, नागरिक शिक्षा दुइटैको कसरी गर्न सकिन्छ? हामी संयुक्त रूपमा छलफल गरेर कार्यक्रम लानुपर्छ,’ उनले भने, ‘यो दुईटैको जोइन्ट एफर्टमा, अब सबैको भनूँ न हामीले भन्दाखेरि सबैको जोइन्ट एफर्टमा गरियो भनेदेखि यसले काम गर्छ।’

उनले निर्वाचन प्रणालीमा सुधार र मताधिकारको सही प्रयोगका लागि आवश्यक विधि तथा पद्धतिको विकास गर्नुपर्ने पनि बताए । निर्वाचन सञ्चालनका लागि स्रोतसाधन उपलब्ध भए पनि त्यसको प्रभावकारी उपयोग गर्न क्षमता विकास आवश्यक रहेको उनको भनाइ थियो ।

स्थानीय छापाखानामा मतपत्र छपाइ सम्भव नहुनुको कारण मतपत्रसम्बन्धी विद्यमान प्राविधिक मापदण्ड रहेको उनले बताए ।

‘किन सकेनन् भन्दाखेरि हाम्रा खालको अहिले जे रिक्वायरमेन्ट बनाएको छ नि त्यो मतदान मतपत्रमा, त्यो मतपत्रका कारणले हामी यस्तो त शक्तै सक्दैनौँ भने। हामीले यति जटिल गराएको रहेछ,’ उनले भने ।

कार्कीले निर्वाचनमा नागरिकको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, बदर मत घटाउन तथा अपाङ्गता भएका व्यक्तिहरूको मताधिकार प्रयोगलाई सहज बनाउन सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.