काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी डा. डिला संग्रौला (पन्त)ले भुइँ तहमा काम गर्ने कार्यकर्ताको मूल्यांकन नभएसम्म कांग्रेसमा रूपान्तरण सम्भव नहुने बताएकी छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संग्रौलाले आफूले वडा, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म संगठनमा काम गरेको ४० वर्षभन्दा लामो अनुभव रहेको बताइन्। संगठनमा सशक्तीकरण, ऊर्जा र कार्यकर्ताको मूल्यांकन आफ्नो प्रमुख एजेन्डा रहेको उनको भनाइ छ।
‘जब सम्म भुइँ तहमा काम गर्ने कार्यकर्ताको मूल्यांकन हुँदैन, तबसम्म कांग्रेसमा रूपान्तरण हुन सक्दैन,’ उनले भनिन्।
उनले जेनजी आन्दोलनपछि नेपालको राजनीतिले नयाँ मोड लिएको र त्यसपछि कांग्रेसभित्र पनि रूपान्तरण आवश्यक रहेको बताइन्। गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनले परिवर्तनको आधार तयार गरेको भन्दै उनले १५औँ महाधिवेशनमा त्यसले आकार लिइरहेको दाबी गरिन्।
संग्रौलाले कांग्रेसमा आन्तरिक सुशासन र मुलुकमा भ्रष्टाचारप्रति शून्य सहनशीलता आवश्यक रहेको बताइन्। २०४६ सालपछि उच्च तहमा पुगेका नेतृत्वकर्ता तथा कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्ने विषय आफूले लामो समयदेखि उठाउँदै आएको उनले बताइन्।
‘आन्तरिक लोकतन्त्रभित्र पार्टीभित्र पनि आन्तरिक सुशासन हुनुपर्छ भनेर यो मुद्दा मैले पार्टीभित्र मात्र होइन, चाहे सदनभित्र होस्, चाहे सडकभित्र होस्, चाहे मेची–महाकालीको यात्रामा उठाएको छु,’ उनले भनिन्।
नेपाल महिला संघको राष्ट्रिय अध्यक्ष भएर आफूले महिलाको सशक्तीकरण, नेतृत्वमा सहभागिता तथा महिलामाथिको विभेद र हिंसाविरुद्ध निरन्तर आवाज उठाएको पनि उनले बताइन्। निर्मला पन्तको बलात्कारपछि हत्या भएको
घटनापछि आफूले ३५ जिल्लामा ‘सरकार भेटियो, न्याय भेटिएन’ अभियान चलाएको स्मरण गराउँदै उनले महिला मुद्दालाई निरन्तर उठाउँदै आएको बताइन्।
महिला महामन्त्री पद थपिएपछि आफूलाई नेतृत्वमा आउन महिला साथीहरूले आग्रह गरेको भन्दै संग्रौलाले महिलाका सवाललाई अझ प्रभावकारी रूपमा उठाउन आफूले उम्मेदवारी दिएको बताइन्।
उनले अनुभवी, समकालीन र युवा पुस्तालाई जोड्ने कडीका रूपमा आफूले भूमिका निर्वाह गर्न सक्ने दाबी गरिन्। हिमाल, पहाड र तराईसहित आदिवासी जनजाति, महिला, पछाडि परेको वर्ग, अल्पसंख्यक र मुस्लिम समुदायलाई कांग्रेससँग जोड्न आफ्नो भूमिका रहने उनको भनाइ छ।
‘राजनीति अनुभवले पनि चल्छ, राजनीति एजेन्डाले पनि चल्छ, राजनीति परिवर्तनले पनि चल्छ। कार्यकर्ताको घरदैलोमा पुगेको मान्छेको मूल्यांकन पनि हुन्छ। त्यही मूल्यांकनको कडीमा म आज उभिएको छु,’ उनले भनिन्।
कांग्रेसले गुमाएका मतदातालाई पुनः पार्टीसँग जोड्ने र जनताको घरदैलोमा पुग्ने कार्यक्रम आवश्यक रहेको बताउँदै उनले सभापतिमा गगन थापाको नेतृत्वमा कांग्रेसलाई सबैको कांग्रेस बनाउने दाबी गरिन्।
युवाको एजेन्डाबारे पत्रकारको प्रश्नमा संग्रौलाले युवाले सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता, चुस्त सेवा प्रवाह, रोजगारी र आफ्नो सीप नेपालमै प्रयोग गर्ने अवसर खोजिरहेको बताइन्।
‘देशको नेतृत्व गर्ने र नीति बनाउने ठाउँमा युवालाई नपु¥याईकन नेपाली कांग्रेस बन्न सक्दैन,’ उनले भनिन्।
कांग्रेसमा लामो समय एउटै पुस्ताको नेतृत्व रहँदा युवा पुस्ता अगाडि आउन नसकेको र त्यसले पुस्ताबीचको दूरी बढाएको उनको भनाइ छ। आफूले प्राध्यापन पेसासमेत छाडेर युवालाई अगाडि बढाउने उद्देश्यले राजनीतिमा निरन्तर काम गरेको उनले बताइन्।
‘मैले विद्यार्थीहरूलाई पढाएर आएको टिचर पनि हो, प्रोफेसर पनि हो। प्रोफेसरमा पनि मैले राजीनामा दिएर आएको हो मेरो जबबाट। किन आएँ? यिनै विद्यार्थीलाई अगाडि बढाउन, यिनै युवालाई अगाडि बढाउन,’ उनले भनिन्।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.