×

पूर्वाधारको पर्खाइमा पर्यटनको अपार सम्भावना बोकेको रामारोशन

खालीपाना न्युजडेस्क | ५० मिनेट अगाडि

सुर्खेत । प्राकृतिक सौन्दर्य, उच्च पहाडी पाटन, तालतलैया र जैविक विविधताले भरिपूर्ण अछामको रामारोशनमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ । तर पर्यटकको संख्या बढ्दै गए पनि सडक, सञ्चार, आवास र खानेपानीलगायत आधारभूत पूर्वाधारको विकासले अपेक्षित गति लिन सकेको छैन ।

समुद्री सतहदेखि करिब २ हजार ५० मिटरदेखि ३ हजार ७९२ मिटरसम्मको उचाइमा फैलिएको रामारोशन ‘बाह्र बण्ड, अठार खण्ड’ का नामले पनि परिचित छ । यहाँ १२ वटा ताल र १८ वटा ठूला पाटन तथा मैदान छन् । करिब ५२ बिघामा फैलिएको किनेमिने मैदान रामारोशन क्षेत्रकै ठूला मैदानमध्ये एक मानिन्छ । मैदानको बीचबाट कैलाश खोला बग्छ ।

रामारोशनका १२ तालमा सुनिवन, गेराहा–जिंगले, बाटुल्ला, लामादह, लिप्सेडाली, तल्लो धौने, माथिल्लो धौने, गाग्रे, रामे, ताउलो, डउटे र दल्लेना रहेका छन् । पर्यटन समितिको विवरणअनुसार जिंगाले ताल तीमध्ये सबैभन्दा ठूलो हो । किनेमिने, रोशनलगायत १८ वटा पाटनले क्षेत्रको प्राकृतिक आकर्षण थपेका छन् ।

रामारोशन प्राकृतिक सौन्दर्यसँगै जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र मानिन्छ । यहाँ १२ प्रजातिका लालीगुराँस, डाँफे, मुनाल, कस्तुरी, झारल र घोरललगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका जडीबुटी पाइने बताइएको छ । क्षेत्रमा सिमसार तथा उच्च पहाडी घाँसे मैदान पनि छन् । रामारोशन नामसँग रामे र रोशन नामका दुई दाजुभाइसँग सम्बन्धित स्थानीय किंवदन्ती जोडिएको छ ।

स्थानीय धार्मिक विश्वासअनुसार यहाँ शिव–पार्वतीको बासस्थान रहेको मानिन्छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताका कारण रामारोशनलाई सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा लिइन्छ ।

पछिल्ला वर्षमा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट रामारोशनको प्रचार बढेसँगै आन्तरिक पर्यटकको आगमन पनि बढेको स्थानीय बताउँछन् । तर पर्यटकहरु आउनका लागि मुजाबगरदेखि रामारोशनसम्मको सडक अझै प्रमुख चुनौतीका रूपमा रहेको छ । वर्षायाममा पहिरो तथा खोला बढ्दा सडक अवरुद्ध हुने र कतिपय पर्यटक बाटोबाटै फर्किनुपर्ने अवस्था आउने गरेको स्थानीयको भनाइ छ । सडक निर्माण वर्षौंदेखि अधुरो रहेको उनीहरू बताउँछन् ।

रामारोशन जोड्ने सडक जयगढ–मझथाना–गौडाखोला, दर्ना–मुजाबगर र मुजाबगर–रामारोशन गरी तीन खण्डमा निर्माण गर्ने योजना अघि बढाइएको थियो । यी खण्डको कुल लम्बाइ ६८.९७६ किलोमिटर छ । मुजाबगर–रामारोशन खण्ड १७.६८८ किलोमिटर रहेको र त्यसका लागि ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि सडकको अवस्था अपेक्षाअनुसार सुधार हुन नसकेको स्थानीयको गुनासो छ ।

रामारोशन आउने पर्यटकको औपचारिक तथ्यांक भने राखिएको छैन । दैनिक पर्यटक आउने गरेको स्थानीय तथा पर्यटन व्यवस्थापनमा संलग्न अधिकारीहरूको भनाइ भए पनि आगन्तुकको व्यवस्थित अभिलेख नहुँदा संख्या यकिन गर्न कठिन छ ।

रामारोशन पछिल्लो समय प्रदेश तथा संघीय सरकारका पर्यटन योजनामा समेत समेटिन थालेको छ । संघीय सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा रामारोशन र बडीमालिकालगायत क्षेत्रमा व्यवस्थित पर्यटन विकासका लागि कार्यान्वयनयोग्य योजना तयार गर्ने विषय समावेश गरिएको छ ।

रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले क्षेत्रको पर्यटन व्यवस्थापन र प्रवद्र्धनका गतिविधि बढाउनुपर्ने बताए। उनका अनुसार पर्यटन पूर्वाधार विस्तारका लागि थप लगानी आवश्यक छ ।

संरक्षण क्षेत्र घोषणा

रामारोशनको संरक्षण र पर्यटन विकाससँग जोडिएको पछिल्लो कदमका रूपमा सुदूरपश्चिम प्रदेश सरकारले बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेको छ । प्रदेश वन ऐन, २०७७ अनुसार बाजुरा र अछामका उच्च पहाडी वन तथा प्राकृतिक क्षेत्र समेटेर संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

संरक्षण क्षेत्रमा बाजुराका बडीमालिका र त्रिवेणी नगरपालिका तथा अछामका मेल्लेख र रामारोशन गाउँपालिकाका केही क्षेत्र समेटिएका छन् । कुल ४९८.४ वर्ग किलोमिटर क्षेत्रफल रहेको संरक्षण क्षेत्रमा रामारोशन गाउँपालिकाका वडा नं. ४, ५ र ६ का क्षेत्र पनि समेटिएका छन् ।

यस क्षेत्रमा जैविक मार्ग निर्माण, जलाधार तथा वन्यजन्तुको बासस्थान संरक्षण, पर्यापर्यटन प्रवद्र्धन र स्थानीय समुदायको सहभागितामा संरक्षणका कार्यक्रम सञ्चालन गर्ने योजना छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षण क्षेत्र स्थापनाअघि वन्यजन्तु, वनस्पति, सिमसार तथा स्थानीय रोजगारीका सम्भावनाबारे अध्ययन गरेको जनाएको छ । रामारोशन क्षेत्रका ताल तथा सिमसारलाई भविष्यमा रामसार सूचीमा सूचीकृत गर्ने सम्भावनाबारे समेत अध्ययन भइरहेको बताइएको छ ।

पर्यटनसँगै स्थानीय उत्पादनको बजार

पर्यटकको आगमन बढेसँगै स्थानीय उत्पादनले समेत बजार पाउन थालेको स्थानीय कालिबहादुर बटालाले बताए । उनका अनुसार कोदो, फापर, सिस्नो, महलगायत स्थानीय कृषि उत्पादन तथा परिकार पर्यटकमार्फत बिक्री हुने गरेका छन् । तर सडकको कमजोर अवस्थाका कारण स्थानीय उत्पादनलाई बाहिरी बजारसम्म पु¥याउन अझै कठिनाइ रहेको उनको भनाइ छ ।

प्राकृतिक स्रोत, धार्मिक महत्व, जैविक विविधता र उच्च पहाडी पर्यटनको सम्भावना रहेको रामारोशनमा पर्यटकको आकर्षण बढे पनि त्यसलाई दीर्घकालीन पर्यटन विकासमा रूपान्तरण गर्न पूर्वाधार र व्यवस्थापनमा सुधार आवश्यक देखिन्छ । सडक, सञ्चार, खानेपानी तथा आवाससँगै ताल र सिमसारको संरक्षणलाई अघि बढाउन सके स्थानीय उत्पादनको बजार विस्तार र रोजगारी सिर्जनामा समेत पर्यटनको योगदान बढाउन सकिने स्थानीय तथा पर्यटन क्षेत्रका सरोकारवालाको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.