×

उमाकुण्डका सातवटै वडामा एकीकृत सरकारी घुम्ती शिविर

खालीपाना न्युजडेस्क | ३ हप्ता अगाडि

 

रामेछाप । रामेछापको विकट तथा जिल्लाको अन्तिम मानवबस्तीका रूपमा रहेको उमाकुण्ड गाउँपालिकाले नागरिकलाई स्थानीयस्तरमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत सरकारी घुम्ती शिविर सञ्चालन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वय तथा उमाकुण्ड गाउँपालिकाको आयोजनामा सुरु भएको शिविर गाउँपालिकाका सातवटै वडामा सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले जानकारी दिइन् ।

शिविरको सुरुवात उमाकुण्ड गाउँपालिका–१ स्थित हिमाली गाउँ गुम्देलबाट भएको हो । सात दिनसम्म सञ्चालन हुने शिविरअन्तर्गत क्रमशः सबै वडामा पुगेर प्रशासनिक सेवा, राष्ट्रिय परिचयपत्र, योजना तथा राजस्वसम्बन्धी सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

भौगोलिक रूपमा विकट उमाकुण्डका नागरिकलाई जिल्ला सदरमुकाम मन्थली तथा गाउँपालिकाको केन्द्रसम्म पुग्दा लाग्ने समय र खर्चको भार कम गर्ने उद्देश्यले हरेक वर्ष एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै आएको उपाध्यक्ष सुनुवारले बताइन् । विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिलाई स्थानीयस्तरमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।

शिविरमार्फत नेपाली नागरिकताको प्रमाणपत्र वितरण तथा प्रतिलिपि, राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तथा परिचयपत्र वितरण, व्यवसाय दर्ता तथा नवीकरण, व्यवसाय खारेजी, टोल विकास संस्था दर्ता र पालिकास्तरीय विकास योजनाको सम्झौतालगायतका सेवा एकै स्थानबाट उपलब्ध गराइएको छ । शिविरको पहिलो दिन वडा नं. १ गुम्देलमा ७५ जनाले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । तीमध्ये ६९ जना पुरुष र ६ जना महिला रहेका छन् ।

नागरिकता हराएका वा बिग्रिएका ५६ जनालाई प्रतिलिपि प्रदान गरिएको थियो । त्यस्तै, एक जनालाई ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र उपलब्ध गराइएको थियो । राष्ट्रिय परिचयपत्रतर्फ गुम्देलमा ३७ जनाको विवरण सङ्कलन गरिएको थियो भने यसअघि तयार भएका पाँचवटा राष्ट्रिय परिचयपत्र सम्बन्धित नागरिकलाई वितरण गरिएको थियो ।

स्थानीय विकास निर्माणका कामलाई सहज बनाउन शिविरबाटै २४ वटा पालिकास्तरीय योजनाको सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । यसैगरी तीनवटा नयाँ व्यवसाय दर्ता, छवटा व्यवसाय नवीकरण तथा चारवटा व्यवसाय खारेजीको कामसमेत सम्पन्न भएको थियो ।

त्यस्तै वडा नं. २ बाम्तीमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट पनि स्थानीयले उल्लेख्य सेवा लिएका छन् । बाम्तीमा नयाँ तथा प्रतिलिपि गरी ७३ जनालाई नागरिकता वितरण गरिएको छ । जसमध्ये ३४ जनाले नयाँ नागरिकता र ३९ जनाले प्रतिलिपि प्राप्त गरेका छन् ।

बाम्तीमा राष्ट्रिय परिचयपत्रका लागि ५६ जनाको विवरण सङ्कलन गरिएको छ भने तयारी अवस्थामा रहेका पाँचवटा परिचयपत्र वितरण गरिएको छ । स्थानीय विकास योजनालाई गति दिन शिविर स्थलबाटै १९ वटा योजनाको सम्झौता गरिएको छ ।

उद्योग तथा व्यवसाय प्रवद्र्धनतर्फ तीनवटा नयाँ व्यवसाय दर्ता, एकवटा व्यवसाय इजाजत दर्ता, १५ वटा व्यवसाय नवीकरण र तीनवटा व्यवसाय खारेजी गरिएको छ । साथै तीनवटा टोल विकास संस्था पनि दर्ता गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरबाट विभिन्न प्रशासनिक सेवा, व्यवसाय दर्ता तथा नवीकरणलगायतका शुल्कबापत ७८ हजार ८ सय रुपैयाँ राजस्वसमेत सङ्कलन भएको छ । गाउँपालिकाका अनुसार विकट भूगोलका कारण सामान्य प्रशासनिक कामका लागि समेत सदरमुकाम तथा पालिका केन्द्र धाउनुपर्ने अवस्थाबीच गाउँमै सरकारी सेवा पाएपछि स्थानीयवासीले राहत महसुस गरेका छन् । उमाकुण्डका बाँकी वडाहरूमा पनि निर्धारित तालिकाअनुसार शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.