×

पाइलटबीचको विवादले फ्लाईदुबईको विमान आपत्कालीन अवतरण

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानले उडानका क्रममा आपत्कालीन संकेत पठाएपछि साउदी अरबको तबुक विमानस्थलमा अवतरण गरेको छ । विमानमा अपहरण भएको आशंका गरिए पनि पछि त्यसलाई अस्वीकार गरिएको द टाइम्स अफ इजरायलले जनाएको छ ।

इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले विमानमा रहेका पाइलटबीच भएको विवादका कारण घटना भएको हुनसक्ने जनाएको छ । उडानका क्रममा विमानले सुरुमा अन्तर्राष्ट्रिय आपत्कालीन संकेत ‘स्क्वाक कोड ७७००’ पठाएको थियो । त्यसपछि विमानबाट ‘७५००’ संकेत पठाइएको थियो । उक्त संकेत विमान अपहरण वा गैरकानुनी हस्तक्षेप भएको अवस्थामा प्रयोग गरिन्छ ।

७५०० संकेत प्राप्त भएपछि इजरायली वायुसेनाका लडाकु विमानहरू उक्त विमानतर्फ पठाइएको इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । करिब १८० यात्रु सवार विमान साउदी अरबको आकाशमा पुगेपछि आफ्नो मार्ग परिवर्तन गरी तबुक विमानस्थलतर्फ गएको थियो । त्यसपछि विमानलाई तबुक विमानस्थलनजिकै ट्र्याक गरिएको र अन्ततः त्यहीँ अवतरण गरिएको थियो ।

्इजरायली सेनाका अनुसार घटनाबारे सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले वरिष्ठ अधिकारीहरूसँग छलफल गरेका थिए । छलफलमा इजरायली वायुसेना प्रमुख मेजर जनरल ओमेर टिस्लर, अपरेसन निर्देशनालय प्रमुख मेजर जनरल इट्जिक कोहेन र इन्टेलिजेन्स निर्देशनालय प्रमुख मेजर जनरल श्लोमी बिन्डर सहभागी थिए । यसअघि इजरायली सुरक्षा अधिकारीहरूले विमान साउदी अरबमा अवतरण गरेपछि मात्रै घटनाबारे स्पष्ट जानकारी प्राप्त हुने बताएका थिए । आपत्कालीन संकेत पठाएपछि केही समय विमान उडान ट्र्याकिङ वेबसाइटबाट समेत हराएको थियो ।

इजरायली सञ्चारमाध्यमहरूले घटनाका क्रममा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले आकस्मिक छलफल गरेको जनाएका छन् । यसैबीच, इजरायली प्रधानमन्त्री नेतन्याहुले निर्वाचनअघि इजरायलका विरोधीहरूले आक्रमणको प्रयास गर्न सक्ने संकेत प्राप्त भएको बताएका छन् । तेल नोफस्थित इजरायली वायुसेनामा बोल्दै उनले त्यस्तो प्रयास नगर्न चेतावनी दिँदै इजरायलको सैन्य क्षमता आवश्यक परे जहाँसुकै र जुनसुकै समयमा प्रयोग हुनसक्ने बताएका थिए ।

उक्त घटनाबारे प्रारम्भिक विवरणमा विमानमा पाइलटबीचको विवादलाई सम्भावित कारणका रूपमा उल्लेख गरिएको भए पनि घटनाको पूर्ण विवरण सम्बन्धित अधिकारीहरूको थप अनुसन्धानपछि स्पष्ट हुने बताइएको छ । एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.