×

अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध

खालीपाना न्युजडेस्क | १४ घण्टा अगाडि

रामेछाप । अविरल वर्षाका कारण पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ। काभ्रेको धुलिखेल नगरपालिका–८, जिपलाइनस्थित अरनिको राजमार्ग सडकखण्डमा आज बिहान करिब ८ः५५ बजे सडक माथिबाट ढुङ्गा–माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहिरोका कारण उक्त सडकखण्ड भएर काठमाडौं आवतजावत गर्ने यातायातका साधन रोकिएका छन् ।

सडक अवरुद्ध भएपछि काठमाडौंँबाट काभ्रेको कोसीपारी क्षेत्र, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुरलगायत पूर्वी जिल्लातर्फ जाने सबै सवारीसाधन प्रभावित भएका छन् ।

यसअघि नै बीपी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको अवस्थामा अरनिको राजमार्ग पनि बन्द भएपछि पूर्वी जिल्लातर्फ जाने यातायातका लागि थप समस्या सिर्जना भएको छ ।

बीपी राजमार्ग अवरुद्ध भएपछि दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, खोटाङलगायत पूर्वी जिल्लातर्फ जाने सवारीसाधन अरनिको राजमार्ग हुँदै आवतजावत गर्दै आएका थिए । तर अरनिको राजमार्गसमेत पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौंसँग पूर्वी जिल्लाको सडक यातायात सम्पर्क थप प्रभावित भएको छ ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि लगातारको वर्षाका कारण थप पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि विभिन्न स्थानबाट आएका तथा पूर्वतर्फ जान लागेका सवारीसाधन बाटोमै रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.