काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कालीगण्डकी करिडोर अन्र्तगत २२० केभी प्रसारण लाइनका टावरमा क्षति पुगेपछि करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । यस्तै, कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ ।
प्रसारण लाइनमा आएको समस्याका कारण करिडोरमा जोडिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न समस्या भएको प्राधिकरणले जनाएको छ । बाढीका कारण यसअघि नै विभिन्न जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भइरहेका बेला प्रसारण संरचनामा समेत क्षति पुगेपछि विद्युत् प्रणालीमा थप असर परेको हो ।
बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ७० मेगावाटको मध्यमस्र्याङ्दी र ६९ मेगावाटको मस्र्याङ्दीलगायतका आयोजनाको उत्पादन बन्द भएको छ । प्राधिकरणले क्षतिग्रस्त प्रसारण तथा वितरण संरचनाको अवस्था मूल्याङ्कन गरी मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरेको जनाएको छ । आवश्यक उपकरण, सामग्री र जनशक्ति प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार भारी वर्षा, बाढीपहिरो र सडक अवरुद्ध हुँदा कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ । सडक तथा पहुँचमार्ग खुलेपछि थप टोली परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम तीव्र बनाइने उनले बताए ।
विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत आपूर्ति सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार तथा पोल नजिक नजान उपभोक्तालाई आग्रह गरेको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.