काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभाका विषयमा आफूले दिएको अभिव्यक्तिलाई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गरेकी छन् ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले आफ्नो अभिव्यक्तिबाट राष्ट्रिय सभा सदस्यहरूको भावनामा चोट पुगेको भए दुःख व्यक्त गर्दै आगामी दिनमा थप सतर्क रहने प्रतिबद्धता समेत जनाइन् ।
उनले ‘जेनजी स्मृति दिवस’ कार्यक्रममा आफूले राष्ट्रिय सभाले असहयोग गरेको भन्ने शब्द कतै प्रयोग नगरेको स्पष्ट पारिन् । कानुन निर्माण प्रक्रिया प्रतिनिधिसभाको बहुमतले मात्र पूरा नहुने र यो प्रतिनिधिसभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुने संवैधानिक एवं बहुचरणीय प्रक्रिया भएको तथ्य मात्र आफूले स्मरण गराएको उनको भनाइ थियो ।
‘प्रतिनिधिसभामा दुई तिहाइ भए पनि कानुन निर्माण प्रक्रिया प्रतिनिधिसभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र पूरा हुन्छ । यो एउटा जटिल र संवैधानिक प्रक्रिया हो,’ उनले भनिन्, ‘मैले तथ्यभन्दा बाहिर गएर राष्ट्रिय सभाले असहयोग ग¥यो भनेर कहीँकतै भनेको छैन ।’
राजनीतिक व्यक्ति भएका कारण आफ्ना अभिव्यक्तिलाई विभिन्न अर्थ लगाएर व्याख्या गरिएको उल्लेख गर्दै उनले भनिन्, ‘मैले बोलेका कुराले माननीयज्यूहरूको भावनामा चोट पुगेको रहेछ भने मलाई त्यसमा दुःख लागेको छ । आगामी दिनमा भावनामा चोट नपुग्ने गरी सहकार्यमै काम गर्नेछौँ।’
उनले आफूले नबोलेका विषयको जिम्मेवारी लिन नसकिने तर बोलेका विषयमा पूर्ण जिम्मेवार रहेको बताइन् ।
कानुनलाई परिपक्व बनाउनकै लागि संविधानमा दुई सदनात्मक व्यवस्था गरिएको स्मरण गराउँदै मन्त्री गौतमले कानुन निर्माणमा सरकार र राष्ट्रिय सभा सुझबुझका साथ एकै ठाउँमा रहेको बताइन् । साथै, जेनजी आन्दोलनसँग सम्बन्धित कानुन निर्माणमा सहयोग गर्न राष्ट्रिय सभाका सदस्यहरू सकारात्मक देखिएकोमा उनले खुसी व्यक्त गरिन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.