×

मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बेलीब्रिज बन्ने, दोमुख–सिनेखर्कका बासिन्दामा उत्साह

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

मुगु । मुगु र हुम्लालाई जोड्ने कर्णाली नदीमाथि बेलीब्रिज निर्माण हुने भएको छ । सोरु गाउँपालिका–१० र ११ अन्तर्गत पर्ने दोमुख–सिनेखर्क क्षेत्रमा तत्कालका लागि बेलीब्रिज निर्माण प्रक्रिया अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ ।

लामो समयदेखि निर्माण अलपत्र रहेको दोमुख मोटरेबल पुलको विकल्पका रूपमा बेलीब्रिज जडान गर्न लागिएको हो । सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको पहलमा बेलीब्रिज निर्माणका लागि आवश्यक संरचना निर्माण, जडान तथा ढुवानी खर्च गाउँपालिकाले नै व्यहोर्ने प्रतिबद्धतासहित सडक विभाग चाकुपाट, ललितपुरमा प्रस्ताव पेश गरिएको थियो ।

सोही पहलपछि हुम्लाको खार्पुनाथ गाउँपालिका क्षेत्रमा रहेको चुवाखोलास्थित कर्णाली नदीको बेलीब्रिज दोमुखमा स्थानान्तरण गर्ने विषयमा कर्णाली प्रदेश सरकार तथा सम्बन्धित निकायबीच सहमति जुटेको छ । २०८३ साउन १४ गते भएको सहमतिअनुसार सडक विभागले बेलीब्रिज उपलब्ध गराउने र आवश्यक जडान तथा संरचना निर्माणको खर्च सोरु गाउँपालिकाले व्यहोर्ने जनाइएको छ ।

बेलीब्रिज निर्माण सम्पन्न भएपछि मुगुको सोरु गाउँपालिकाको धैन क्षेत्र, हुम्लाको अदान्चुली गाउँपालिका तथा कर्णाली करिडोरसँग जोडिएका बस्तीका नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । हाल वर्षायाममा कर्णाली नदीका कारण स्थानीयले शिक्षा, स्वास्थ्य, व्यापार, आपत्कालीन सेवा तथा दैनिक आवतजावतमा ठूलो समस्या भोग्दै आएका छन् । पुल सञ्चालनमा आएपछि यी समस्या धेरै हदसम्म समाधान हुने विश्वास गरिएको छ ।

स्थानीयवासीका अनुसार बेलीब्रिज सञ्चालनमा आएपछि कर्णाली करिडोर हुँदै रारा जाने छोटो मार्गसमेत थप सहज हुनेछ । यसले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउनुका साथै स्थानीय उत्पादन, व्यापार तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

लामो समयदेखि प्रतीक्षामा रहेको दोमुख मोटरेबल पुल निर्माण अलपत्र परेपछि तत्काल नागरिकलाई सेवा उपलब्ध गराउने उद्देश्यले बेलीब्रिज निर्माणको निर्णय गरिएको हो ।

यसका लागि सोरु गाउँपालिका, सडक विभाग, पूर्वाधार विकास कार्यालय मुगु, जिल्ला समन्वय समिति मुगु, कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायबीच समन्वय भएको छ ।

बेलीब्रिज निर्माणको पहल सफल भएपछि स्थानीयले सम्बन्धित निकाय तथा निरन्तर आवाज उठाउने सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले पुल सञ्चालनमा आएपछि मुगु र हुम्लाका हजारौँ नागरिकको जीवन सहज हुने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.