काठमाडौं । नेपालको राजनीतिक वृत्तमा पछिल्लो समय पुराना र नयाँ शक्तिबीचको बहस तीव्र बन्दै गएको छ । एकातिर परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि छ भने अर्कोतिर नयाँ राजनीतिक शक्तिप्रति जनताको अपेक्षा चुलिएको देखिन्छ ।
यस्तै परिवेशमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा बाजुराको गौमुल गाउँपालिका–३ का वडा अध्यक्ष अमर विकले नेपालको राजनीतिक यात्रालाई इतिहास, बलिदान र पुस्तान्तरणको सन्तुलित दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनका अनुसार लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकारका लागि नेपाली समाजले लामो संघर्षको मूल्य चुकाएको छ । त्यसैले वर्तमान राजनीतिक प्रणालीका कमजोरीहरू औँल्याउने क्रममा विगतका ऐतिहासिक योगदान र बलिदानलाई पूर्ण रूपमा अस्वीकार गर्नु उचित नहुने उनको तर्क छ ।
पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक बहसमा ‘पुराना दलहरूले तीन दशकभन्दा बढी समय देश लुटे’ भन्ने अभिव्यक्ति व्यापक रूपमा सुनिन थालेको छ । तर विक यस्तो निष्कर्षमा पुग्नुअघि नेपालको राजनीतिक इतिहास गम्भीर रूपमा अध्ययन गर्नुपर्ने बताउँछन् ।
विकले स्मरण गराएअनुसार नेपालले १०४ वर्षे राणा शासन, त्यसपछिको ३० वर्षे पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यसम्मको यात्रा सहज रूपमा पार गरेको होइन । ती व्यवस्थाविरुद्ध भएका आन्दोलन, जनसंघर्ष र बलिदानले नै आजको राजनीतिक व्यवस्था सम्भव भएको उनको भनाइ छ ।
‘राणा शासन र पञ्चायत आफैँ समाप्त भएका होइनन् । हजारौँ नागरिकको संघर्ष, त्याग र बलिदानले परिवर्तन सम्भव भएको हो,‘उनी भन्छन् । गणतन्त्र स्थापनाको प्रक्रियामा १० वर्षे जनयुद्धका क्रममा करिब १७ हजार नागरिकले ज्यान गुमाएको तथ्यलाई स्मरण गर्दै उनले राजनीतिक उपलब्धिको मूल्यांकन गर्दा त्यस्ता बलिदानीलाई बिर्सन नहुने धारणा राख्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई नेपाली राजनीतिमा आएको स्वाभाविक परिवर्तनको संकेतका रूपमा उनले हेरेका छन् । जनताले नयाँ विकल्प खोज्नु लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उनको बुझाइ छ । तथापि, नयाँ शक्ति उदाउँदैमा देशको अवस्था तत्काल परिवर्तन हुने अपेक्षा यथार्थपरक नहुने उनको टिप्पणी छ ।
उनका अनुसार नेपालले अहिले आर्थिक स्रोतको अभाव, सीमित उत्पादन क्षमता, रोजगारी संकट, कमजोर पूर्वाधार र विकास आयोजनाको ढिलाइ जस्ता संरचनागत चुनौतीहरू सामना गरिरहेको छ । यस्ता समस्याको समाधान कुनै एक दल वा नेतृत्वले छोटो अवधिमा गर्न नसक्ने उनी बताउँछन् ।
‘राजनीतिक परिवर्तनभन्दा पनि आर्थिक रूपान्तरण अहिलेको मुख्य आवश्यकता हो,” उनी भन्छन,‘तर त्यसका लागि दीर्घकालीन योजना, संस्थागत स्थिरता र सबै पक्षबीच सहकार्य आवश्यक हुन्छ ।’
पुराना दलहरूप्रति बढ्दो असन्तुष्टिबारे बोल्दै उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका दलहरूभित्र कमजोरीहरू रहेको स्वीकार गर्छन् । जनताले उठाएका प्रश्नहरूलाई अस्वीकार गर्न नसकिने भन्दै उनले नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार भ्रष्टाचार, गुटबन्दी, सुशासनको अभाव र जनअपेक्षा अनुसार काम गर्न नसक्नुजस्ता कारणले पुराना दलहरूको लोकप्रियता घटेको हो । तर कमजोरी सच्याउन सकिए पुराना दलहरूले पुनः जनविश्वास जित्न सक्ने सम्भावना अझै बाँकी रहेको उनको विश्वास छ ।
‘जनताले विकल्प खोज्नुको अर्थ पुराना दलहरू समाप्त भए भन्ने होइन,‘ उनी भन्छन् । ‘नेतृत्वले अनुशासन, इमानदारी र जनउत्तरदायित्व प्रदर्शन गर्न सके जनविश्वास पुनः फर्किन सक्छ ।’ विकको धारणा अनुसार नेपालको राजनीतिक बहस अहिले पुस्तान्तरणको विषयसँग पनि गाँसिएको छ । युवापुस्ताले परिवर्तनको नेतृत्व गर्नुपर्ने आवश्यकता स्वीकार गर्दै उनले अनुभव र ऊर्जा दुवैको संयोजन अपरिहार्य रहेको बताए ।
उनले देश निर्माणलाई परिवारसँग तुलना गर्दै नयाँ पुस्ताले अग्रजहरूको अनुभवलाई अस्वीकार गरेर मात्र सफलता हासिल गर्न नसक्ने तर्क राखे । ‘युवासँग जोश र नवीन सोच हुन्छ, तर राष्ट्र सञ्चालनका लागि अनुभव, धैर्य र परिपक्वता पनि उत्तिकै आवश्यक हुन्छ,’ उनी भन्छन् ।
नेपालको राजनीतिक भविष्यबारे आशावादी देखिएका विकले परिवर्तनको मूल आधार सहकार्य, समन्वय र साझा जिम्मेवारी हुनुपर्नेमा जोड दिए । उनका अनुसार इतिहासको सम्मान, वर्तमानको आत्मसमीक्षा र भविष्यप्रतिको स्पष्ट दृष्टिकोणको संयोजनबाट मात्र मुलुकले स्थिरता र समृद्धिको बाटो समात्न सक्छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.