काठमाडौं । लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका—९ भिमानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्राम सहित सिराहा मिर्चैया नगरपालिका—५ घर भएका २० वर्षीय सन्देश यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०५—००१ ज ००८६ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
साथै प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न रहेका बा.प्र.०२—०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषा कमला नगरपालिका—७ घर भएका २० वर्षीय राहुल कुमार मण्डल र सिराहा कल्याणपुर नगरपालिका—६ घर भएका २० वर्षीय अभिषेक कुमार साहलाई समेत पक्राउ गरेको छ ।
यसैगरी, सिन्धुली, कमलामाई नगरपालिका—९ भिमानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८२० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४३० ट्याब्लेट सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका—६ बस्ने ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका—१७ बस्ने २४ वर्षीय सागर कार्की रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१—००६ ख ३७१२ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.