×

‘व्यवस्थाको विकल्प अर्को व्यवस्था हुन सक्दैन, संविधान सभा सदस्य पेम्बा गुरुङ भोटे

खालीपाना न्युजडेस्क | ७ घण्टा अगाडि

तनहुँ । संविधान सभा सदस्य पेम्बा गुरुङ भोटेले वर्तमान संविधान राजनीतिक दलहरूबिचको सम्झौताको दस्ताबेज भएकाले यसको निष्ठापूर्वक र इमानदार कार्यान्वयनमै मुलुकको भविष्य रहेको बताएका छन् ।

पोलिटिकल साइन्स सोसाइटी नेपालद्वारा तनहुँमा आयोजित ‘राजनीति शास्त्र शिक्षाको आवश्यकता र महत्त्व तथा बदलिँदो परिवेशमा राजनीतिक दलको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै संविधानसभा सदस्य गुरुङले सो कुरा बताएका हुन् ।

सम्बोधनका क्रममा नेता गुरुङले संविधानमा त्रुटि खोजेर मात्रै पूर्णता प्राप्त नहुने भन्दै राजनीतिक व्यवस्था र संविधानको निरन्तर विकल्प खोज्दै जाने प्रवृत्तिले मुलुकलाई सही गन्तव्यमा नपु¥याउने चेतावनी दिए ।

‘राजनीतिक दलको विकल्प अर्को राजनीतिक दल हुन सक्छ, तर व्यवस्थाको विकल्प हत्तपत्त अर्को व्यवस्था हुन सक्दैन,’ उनले भने, ‘विकल्पमाथि विकल्प मात्रै खोज्दै जाने हो भने त्यसले कुनै सकारात्मक परिणाम दिँदैन । असहमति मात्रै जनाइरहने हो भने हामी कहिल्यै पूर्णताको विन्दुमा पुग्न सक्दैनौँ ।’

नेता गुरुङले कुनै पनि दर्शन वा विचार शतप्रतिशत पूर्ण नहुने उल्लेख गर्दै नेपालको सन्दर्भमा तिनको व्यावहारिक कार्यान्वयन हुन नसक्दा समस्या पैदा भएको उल्लेख गरे कार्ल मार्क्सले परिकल्पना गरेको मार्क्सवाद युरोप केन्द्रित भए पनि नेपालमा मदन भण्डारीले त्यसलाई परिमार्जन गरी ’जनताको बहुदलीय जनवाद’का रूपमा व्याख्या गरेको प्रसङ्ग उल्लेख गर्दै उनले सिद्धान्त र व्यवहारबिचको दूरीलाई औँल्याएका हुन् ।

त्यस्तै, नेपाली कांग्रेसको सन्दर्भमा चर्चा गर्दै उनले भने, ‘संविधानको प्रस्तावनामा हामीले समाजवादतर्फको गन्तव्य भनेका छौँ, तर हाम्रो बाटो पूर्ण रूपमा पुँजीवादतर्फ गइरहेको छ । लिने कार्यदिशा र हिँड्ने बाटो एक ठाउँमा नमिल्दा नै देशले दुःख भोग्नुपरेको हो ।’

बदलिँदो राजनीतिक परिदृश्यबारे चर्चा गर्दै भोटेले तनहुँका स्थानीय राजनीतिकर्मीहरूलाई केन्द्रको भर नपरी जिल्लाको वास्तविक आवश्यकता र आफ्नो भूमिका पहिचान गर्न आग्रह गरे ।

तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले जितेको प्रसङ्ग जोड्दै उनले भने, ‘विगतमा बिपी कोइराला र रामचन्द्र पौडेलको अखाडाका रूपमा रहेको तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसले लामो इतिहास बोकेको स्थान गुमाएको छ । समय र स्थितिलाई बुझ्न नसक्दा यस्ता परिणाम आउँछन् । यसमा स्थानीय नेता कार्यकर्ताहरूले गम्भीर समीक्षा गर्नुपर्छ ।’

गुरुङले राजनीति गर्नेहरू स्वयं आत्मनिर्भर हुनुपर्ने र राजनीतिलाई पेसा नभई सेवा र कर्तव्यका रूपमा लिनुपर्नेमा जोड दिए । राजनीति शास्त्रका बौद्धिक वर्ग र नेताहरूले आफ्नो आचरणमा सुधार गर्दै मुलुकलाई सही दिशा दिन आत्म समीक्षा गर्नुपर्ने समय आएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.