×

पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

खालीपाना न्युजडेस्क | १ दिन अगाडि

काठमाडौं । पेसएक्स स्पोट्र्सको आयोजनामा जारी ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’ अन्तर्गत लिग चरण र नकआउट चरण (राउन्ड अफ १६) का खेलहरू शनिबार सम्पन्न भएका छन्।

जितसँगै अन्तिम आठ टोलीले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

बुढानीलकण्ठस्थित कुपन स्पोट्र्स सेन्टरमा साउन १५ देखि सञ्चालन भइरहेको प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहेको छ।

लिग चरणबाट नकआउट पुग्ने टोलीहरू

प्रतियोगिताको लिग चरणका विभिन्न समूहबाट उत्कृष्ट प्रदर्शन गर्दै निम्न टोलीहरू नकआउट चरणमा प्रवेश गरेका थिएः

समूह ‘ए’ः नोबेल फुटबल एकेडेमी (प्रथम) र सेखा एफसी (दोस्रो)

समूह ‘बी’ः डाइनामिक एफसी (प्रथम) र हिमालयन एफसी (दोस्रो)

समूह ‘सी’ः मेन्टेन एफसी (प्रथम) र होराक एफसी (दोस्रो)

समूह ‘डी’ः कुपन एफसी (प्रथम) र वि प्ले एफसी (दोस्रो)

समूह ‘ई’ः रोयल नेपाल (प्रथम) र फोर एस ब्वाइज चाल्नाखेल (दोस्रो)

समूह ‘एफ’ः ठमेल ११ (प्रथम) र एफसी मनकामना (दोस्रो)

समूह ‘जी’ः चन्द्रागिरी विकास मञ्च (प्रथम) र नव दुर्गा युवा क्लब (दोस्रो)

समूह ‘एच’ः एभरेस्ट एफसी (प्रथम) र करुणा एफसी (दोस्रो)

राउन्ड अफ १६ का नतिजा र क्वाटरफाइनल समीकरण

शनिबार नै सम्पन्न नकआउट चरण (राउन्ड अफ १६) को प्रतिस्पर्धात्मक खेलहरू जित्दै आठ टोलीले क्वाटरफाइनलको यात्रा तय गरेका छन्ः

नोबेल एकेडेमी ले हिमालयन एफसीलाई पराजित गर्यो।

रोयल नेपाल एफसी ले एफसी मनकामनालाई हरायो।

करुणा एफसी ले चन्द्रागिरी विकास मञ्चमाथि जित निकाल्यो।

डाइनामिक एफसी ले सेखा एफसीलाई पछाडि पार्यो।

ठमेल ११ ले फोर ब्वाइज चाल्नाखेललाई पराजित गर्यो।होराक एफसी ले कुपन एफसीलाई हरायो।

मेन्टेन एफसी ले वी प्लेलाई पराजित गर्यो।

एभरेस्ट एफसी ले नव दुर्गा युवा क्लबलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनायो।

आज हुनेछन् फाइनल खेलहरू

आयोजक पेसएक्स स्पोट्र्सका अनुसार प्रतियोगिताको अन्तिम दिन आज क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरू सञ्चालन हुनेछन्।

पुरस्कार राशि

विजेता टोलीः नगद रु १,११,१११ (एक लाख एघार हजार एक सय एघार), ट्रफी र प्रमाणपत्र।

उपविजेता (दोस्रो)ः नगद रु ५१,१११, ट्रफी र प्रमाणपत्र।

तेस्रो स्थानः नगद रु २१,१११, ट्रफी र प्रमाणपत्र।

यसबाहेक उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि आकर्षक ट्रफी तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ।

नेपाली खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले स्थापित पेसएक्स स्पोट्र्सले आगामी दिनहरूमा फुटसलका साथै अन्य खेलकुद प्रतियोगिताहरू पनि निरन्तर आयोजना गर्दै जाने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.