काठमाडौं । गृहमन्त्री सुधन गुरुङको सक्रिय पहलमा पछिल्ला केही दिनदेखि जनकपुरधाममा देखिएको दुई समुदायबीचको विवाद समाधानका लागि तीनै तहकासरकारका प्रतिनिधिबीच आइतबार महत्वपूर्ण छलफल भएको छ।
जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मधेश प्रदेशका मुख्यमन्त्री, प्रदेशका गृहमन्त्री, अर्थमन्त्री, जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा गृहमन्त्री गुरुङको सहभागिता रहेको थियो। बैठकमा पछिल्ला दिनमा उत्पन्न धार्मिक विवाद, त्यसबाट सिर्जित परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव कायम गर्ने विषयमा गम्भीर छलफल भएको जनाइएको छ।
छलफलका क्रममा हिन्दु सम्राटको प्रतिनिधि टोलीले आफ्ना मागहरू सरकारसमक्ष औपचारिक रूपमा पेश गरेको थियो। सरकारले ती मागहरू प्राप्त गरी सम्बन्धित निकायसँग आवश्यक छलफलपछि समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
सरकारले वर्तमान परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै प्राप्त मागहरूबारे आवश्यक निर्णय प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, जनकपुरधाममा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै शान्ति–सुरक्षालाई थप सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
गृहमन्त्री गुरुङले विवाद समाधानका लागि सबै राजनीतिक दल र सरोकारवाला पक्षलाई एकै ठाउँमा ल्याएर निरन्तर संवादको पहल गर्दै आएका थिए। सोही प्रयासअन्तर्गत भएको यस छलफललाई संवाद र सहमतिका माध्यमबाट समस्या समाधान गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
सरकारले सबै पक्षलाई संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न तथा वार्ता र संवादमार्फत समस्या समाधानमा सहयोग गर्न आग्रह गरेको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.