काठमाडौं । शिक्षक केन्द्रीय समितिका अध्यक्ष विरेन्द्र मल्ल राउतले विभाजनले शिक्षक आन्दोलनलाई कमजोर बनाउने बताएका छन् ।
बिहीबार आयोजित ‘राहत शिक्षक एकता भेला’ कायक्रममा बोल्दै उनले जहाँ एकता हुन्छ त्यहाँ सफलता र विजय सुनिश्चित हुने बताएका हुन् ।
उनले भने, ‘एकता भन्ने कुरा ठूलो कुरा हो । जहाँ एकता छ, त्यहाँ सफलता छ । जहाँ एकता छ, त्यहाँ विजय छ । हामी एकताबिना सम्भव छैन । हरेक क्षेत्रमा हेर्यो भने विगतदेखि हालसम्म हामीले हेर्दै आएका हौँ भने एकता जहाँ छैन त्यहाँ देश बनेको छैन । एकता महत्त्वपूर्ण कुरा हो ।’
विगतमा पटक–पटक भएका आन्दोलनप्रति सरकारले बेवास्ता गरेको भन्दै उनले अहिलेको सरकारले पनि शिक्षकका मागलाई सम्बोधन गर्न नसकेको आरोप लगाए ।
‘परिस्थितिअनुसार हिजो आन्दोलन, २९ दिने आन्दोलनमा पनि सरकारले केही गरेन । त्यसभन्दा पहिला पनि थुप्रैपटक आन्दोलन भयो, केही गर्न सकेन,’ उनले भने, सरकार कस्तो देखियो भने अब ‘जुन जोगी आए कान चिरे’ भने जस्तै हिजोको ‘सरकारले पनि हाम्रा शिक्षकलाई केही पनि व्यवस्थापन गर्न सकेन। अहिलेको सरकार पनि हेर्नुभयो भने बजेट भाषणमा के थियो या कार्यान्वयन पुस्तिकामा के आयो ।’
उनले बजेट वक्तव्य र कार्यान्वयन पुस्तिकामा अन्य सातौँ तहका स्थायी कर्मचारीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिए पनि शिक्षकलाई त्यसबाट वञ्चित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘अहिलेको सरकारले तपाईंलाई हेर्नुभयो, अस्ति भर्खर ३ दिन भयो, कार्यान्वयन पुस्तिकामा हेर्दाखेरि प्रोत्साहन भत्ता शिक्षकलाई छैन, अरू सबैलाई छ । सातौँ तहका स्थायी व्यवस्थापन भएका अरू कर्मचारीलाई प्रोत्साहन भत्ता छ, शिक्षकलाई काहीं पनि इंगित गर्या छैन ।’
राज्यले शिक्षकलाई देशको मेरुदण्ड भनेर व्याख्या गरे पनि सेवा–सुविधा र अधिकारका विषयमा विभेद गरेको उनको बताए ।
राउतले राहत शिक्षकहरूबीच विभाजन, मनमुटाव र आन्तरिक विवाद भए स्थायी व्यवस्थापन तथा पेशागत विकासका माग पूरा हुन नसक्ने चेतावनी दिए । त्यसैले लामो छलफल र सहमतिपछि विभिन्न समूहबीच एकीकरण प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
उनका अनुसार एकता प्रक्रियाका संयोजक कृष्ण विष्ट र लालबहादुरबीच हालै सहमति भएको छ भने राष्ट्रिय समितिमा लामो समयदेखि सक्रिय रहेका शिक्षकहरूको सहभागितासहित एकीकरणलाई अन्तिम रूप दिइएको छ ।
देशभरका करिब ४० हजार राहत शिक्षकलाई एउटै मोर्चामा उभिन आह्वान गर्दै उनले बाहिर रहेका शिक्षकहरूलाई पनि एकतामा आबद्ध हुन आग्रह गरे ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.