काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ता भेषराज लुइँटेलसँग छलफल गरिएको छ ।
छलफलका क्रममा सांसद प्रेमप्रसाद दंगालले कार्कीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनबारे प्रश्न उठाए । उनले सार्वजनिक हितसँग सम्बन्धित विषयमा दर्ता हुनुपर्ने रिटलाई दरपीठ गरिएको विषयमा समितिको ध्यानाकर्षण गराए ।
दंगालले विशेषगरी फिफा विश्वकप २०२६ को प्रसारणसँग सम्बन्धित विवाद उल्लेख गर्दै प्रसारण अधिकार, राजस्व र उपभोक्तामाथि परेको आर्थिक भारका विषयमा प्रश्न गरे ।
उजुरीकर्ताको दाबीअनुसार उनले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारण अधिकार एस्प्रो मिडियाले खरिद गरेको र दर्शकबाट एक डिभाइसका लागि ४४९ रुपैयाँ तथा दुई डिभाइसका लागि ९९९ रुपैयाँ शुल्क लिइएको उल्लेख गरेका छन् ।
उजुरीमा नेपाल राष्ट्र बैंकले विश्वकप प्रसारण अधिकार खरिदका लागि १.७५५ मिलियन अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटही स्वीकृत गरेको तथ्य पनि प्रस्तुत गरिएको छ । उजुरीकर्ताका अनुसार प्रसारण अधिकार खरिदमा करिब २५ करोड रुपैयाँ खर्च भए पनि उपभोक्ताबाट ५० करोड रुपैयाँभन्दा बढी रकम असुल गरिएको थियो । यस विषयमा परेको रिट दरपीठ गरिनु न्यायमा पहुँच रोक्ने कार्य भएको उनको आरोप छ ।
यसैबीच, सुनुवाइका क्रममा सांसद मधुकुमार चापागाईंले उजुरीकर्तासँग प्रत्यक्ष प्रश्न गर्दै दरपीठ आदेशविरुद्ध पुनरावेदन वा निवेदन दिएको वा नदिएकोबारे जानकारी मागे । उनले रिट दायर गर्नुअघि सम्बन्धित निकायका पुनरावेदन संयन्त्र प्रयोग गरिएको थियो वा थिएन भन्ने प्रश्न पनि उठाए ।
उनले भने,‘मेरो उजुरीकर्तालाई प्रत्यक्ष प्रश्न तपाईंले सम्मानिय सर्वौच्च अदालतमा रिट निवेदन दिएर जानुभयो । त्यो रिट निवेदन दरपीठ भयो । दरपीठ पछि मेरो पहिलो प्रश्न तपाईंलाई दरपीठ आदेशउपर तपाईंले निवेदन दिनु भयो की भएन ? नम्बर दुई प्रश्न तपाईं रिट निवेदन लिएर जानुअगाडि तपाईंले पेज नम्बर दुईमा जुन जुन आरोपहरु लगाउनु भएको छ त्यस सम्बन्धमा ततः निकायहरुको पुनरावेदन साखाहरुमा पुनरावेदन गर्नु भयो की भएन ? जस्तो राष्ट्र बैंकले पनि स्वीकृत दिएको भनेर आरोप लगाउनु भएको छ । राष्ट्र बैंकको पनि त्यहाँ पुनरावेदन गर्न सक्ने अधिकार छ ?’
चापागाईंले नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही स्वीकृत गरेको विषयमा राष्ट्र बैंकको पुनरावेदन प्रक्रियाको उपयोग गरिएको थियो वा थिएन भन्ने विषयमा पनि स्पष्ट पार्न आग्रह गरे ।
सांसदहरूको प्रश्नको जवाफ दिँदै उजुरीकर्ता भेषराज लुइँटेलले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.