×

‘टिचर्स डे’भन्दा गुरु पूर्णिमाको गरिमा उच्च र वृहत छ : उपप्राध्यापक डा.निरौला

खालीपाना न्युजडेस्क | १ दिन अगाडि

काठमाडौं । गुरुपूर्णिमा केवल धार्मिक पर्व मात्र होइन, गुरुको योगदानप्रति सम्मान प्रकट गर्ने विशेष अवसर पनि हो । जीवनका पहिलो गुरु माता–पिता हुन् । शैक्षिक संस्थामा शिक्षा प्रदान गर्ने शिक्षकहरू दोस्रो गुरु हुन् ।

जीवनको प्रत्येक पाइला सही दिशामा अघि बढ्न प्रेरणा दिने पनि गुरु हुन् । जीवनका कठिन मोडमा सही निर्णय लिन प्रेरणा दिने, भविष्यको स्पष्ट बाटो देखाउने र व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति नै गुरु हुन् ।

सफलता हासिल गर्न आवश्यक आत्मविश्वास, सकारात्मक सोच र मेहनत गर्ने संस्कार पनि गुरुले नै सिकाउँछन् । त्यसैले गुरु केवल शिक्षक होइनन्, जीवनका मार्गदर्शक र प्रेरणाका स्रोत हुन् । गुरुको ज्ञान, प्रेरणा र मार्गदर्शनले नै व्यक्तिको जीवन उज्यालो बन्ने भएकाले गुरु पूर्णिमाको महत्व आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।

यसै सन्दर्भमा नेपाल न्यूज बैंकले उपप्राध्यापक डा. नारायण प्रसाद निरौलासँग गरेको संवादमा गुरु पूर्णिमा केवल शिक्षकलाई सम्मान गर्ने दिन मात्र नभई जीवनको अन्धकार हटाई सही मार्गतर्फ डो¥याउने सम्पूर्ण गुरुहरूको स्मरण र सम्मान गर्ने पवित्र अवसर भएको बताए ।

उनका अनुसार ‘गुु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ त्यसलाई हटाउने व्यक्ति हो । त्यसैले गुरु भन्नाले मानिसलाई ज्ञान, विवेक र सही मार्गदर्शन प्रदान गरी अज्ञानताको अन्धकारबाट उज्यालोतर्फ लैजाने व्यक्तिलाई बुझिन्छ ।

उनले गुरु केवल विद्यालयमा पढाउने शिक्षक मात्र होइनन्, जीवनका हरेक क्षेत्रमा मार्गदर्शन गर्ने व्यक्तित्व भएको बताएका हुन् ।

उनले भने, ‘हामी विद्यालयमा पढाउनेलाई मात्र गुरु मानिरहेका छौँ । हरेक बाटोमा अन्धकारलाई हटाएर उज्यालो मार्ग प्रदर्शन गर्ने, दर्शाउने हरेक व्यक्तिलाई गुरु मान्नुपर्छ । त्यस कारण गुरुको स्थान ‘टिचर्स डे’ मा भन्दापनि गुरु पूर्णिमाको अझ ठूलो एवम बृहत् महत्त्व छ ।’

पछिल्लो समय ‘टिचर्स डे’ मनाउने चलन बढ्दै गएको भए पनि गुरु पूर्णिमाको सांस्कृतिक, आध्यात्मिक र दार्शनिक महत्त्व अझै व्यापक रहेको उनले बताए ।

ऋषि–महर्षिको परम्परामा गुरुलाई देवतासरह सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै डा. निरौलाले ‘आचार्य देवो भव’ भन्ने शास्त्रीय मान्यता आजपनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

उनले भने, ‘ऋषि महर्षि परम्परामा के छ भने आफ्ना गुरुलाई देवता, गुरु देवता, देवताको रूपमा ‘आचार्य देवो भव’ भन्न बताएको छ । आचार्य भनेको गुरु हुनुहुन्छ । त्यो भनेको देव समान वा देवता समान गुरुलाई सम्मान गर्नु पर्दछ भन्ने हाम्रो शास्त्रीय व्यवस्थामा उल्लेख गरिएको छ ।’

उनले गुरु पूर्णिमाको अवसरमा गुरुको पूजा, सम्मान, सान्निध्यमा रही उपदेश ग्रहण गर्ने, विशेष ज्ञान प्राप्त गर्ने तथा आत्मप्रेरणा हासिल गर्दै जीवनलाई सही दिशामा अघि बढाउने संकल्प गर्नुपर्ने बताए । उनका अनुसार यही भावनाले गुरु पूर्णिमालाई अर्थपूर्ण बनाउनेछ ।

उनले भने, ‘विशेषतः गुरुको पूजा गर्ने, गुरुको सान्निध्यमा रहेर गुरुको उपदेश लिने, गुरुलाई आदर सम्मान विशेषत सधैँ गरिन्छ, त्योभन्दा विशेष गर्ने र विशेष ज्ञान लिने, विशेष मार्ग लिने, त्यसबाट अगाडि बढ्नका लागि आफूले उत्प्रेरणा प्राप्त गर्ने रूपमा उपयोग गर्न सकिन्छ ।’

उनका अनुसार गुरु पूर्णिमा ज्ञान, संस्कार र जीवनदर्शनसँग जोडिएको पर्व भएकाले यसको गरिमा शिक्षक दिवसभन्दा फराकिलो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.