×

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो 

खालीपाना न्युजडेस्क | ४७ मिनेट अगाडि

धनगढी । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका ड. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीले सोमबार राति अनसन तोडेका हुन् । अनसन बसेका डा. केसी र सरकारविच् सोमबार राती ९ बजे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

केसीले अनसन सुरुगर्दा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त भएका उपकुलपति र रजिष्ट्रारलाई हटाउनुपर्ने केसीको मुख्य एजेण्डा रहेको थियो । केसीको एजेण्डामा दुई दिन सम्म सरकारी टोलीसंग वार्ता भएपनि अन्ततः सो एजेण्डालाई घोडेर सहमति भएको हो ।

सहमति संगै बाजुराको गौमुल गाउँपालिका–२ का ४२ बर्षिय चक्रबहादुर धामीको हातबाट जुस पिएर केसीले आफुनो ५ दिने अनसन समेत तोडेका छन् ।

सहमतिपत्रको पहिलो भागमा कैलालीको गेटामा ’शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ अन्तर्गत कम्तिमा तीन सय शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालन गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सुरु गर्ने । ऐन संशोधन प्रक्रिया ३ महिनाभित्र अगाडि बढाउने र चिकित्सा क्षेत्रलाई क्रमशः गैर–नाफामूलक बनाउन ६ महिनाभित्र कार्यदल गठन गर्ने उल्लेख छ ।

त्यस्तै चिकित्सा शिक्षा आयोगको मापदण्ड अनुसार गुणस्तर मूल्याङ्कन गरेर मात्र एकीकृत कार्यविधि बमोजिम सिट निर्धारण गरिनेछ । निजी शिक्षण संस्थामा सिट सङ्ख्या वृद्धि नगरिने र ऐनको व्यवस्था अनुसार छात्रवृत्ति व्यवस्थालाई यथावत राखिने सहमति पत्रमा उल्लेख छ ।

त्यसैगरी भ्रष्टाचार छानबिन र अनुगमन समिति २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिहरूबाट भएका भ्रष्टाचार र अपराधको निष्पक्ष छानबिन गरी कारबाही अघि बढाइनेछ ।

२०८२ भदौमा घटेका जघन्य घटना (हत्या, आगजनी, लुटपाट) का दोषीहरूलाई कडा कानुनी कारबाही गरिनेछ । विगतका सहमतिहरूको कार्यान्वयन अवस्था अध्ययन गर्न ३ महिनाभित्र प्रतिवेदन बुझाउने गरी उच्चस्तरीय कार्यदल र प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा अनुगमन समिति गठन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.