×

सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभई सरकार, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजसहित सबैको साझा दायित्व भएको बताएका छन्।

शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आन्दोलनका क्रममा भवन र स्रोत–साधन खरानी हुँदा पनि मेट्रो ट्राफिक एफएमले पुनर्निर्माणपछि नयाँ ऊर्जाका साथ प्रसारणलाई निरन्तरता दिएको भन्दै प्रशंसा गरे।

उनले भने, ‘आन्दोलनको क्रममा ट्राफिक एफएमका स्रोत–साधन र भवन खरानी भएको अवस्थाको बाबजुद पनि मेट्रो ट्राफिक एफएमले पुनर्निर्माणसँगै नयाँ ऊर्जाका साथ अझ दृढ भएर नागरिकप्रति आफ्नो प्रतिबद्धतालाई कायम राख्दै प्रसारण यात्रालाई निरन्तरता दियो। यसलाई अवरुद्ध हुन दिएन।’

आईजीपी कार्कीले सडक सुरक्षालाई प्रहरीको मात्र जिम्मेवारीका रूपमा बुझ्ने सोच विकास हुन नहुने बताए।

उनले भने, ‘सडक सुरक्षा मूलभूत रूपमा प्रहरीहरूले मात्र गर्ने होला भन्ने भाष्य विकास नहोस् भन्न चाहन्छु। अरू सबै मुलुकमा सडक सुरक्षा हामी सबैको दायित्व हो। हाम्रोमा पनि त्यही हो। विभिन्न तहका सरकार, सम्बन्धित निकाय, सूचनाको प्रवाह गर्ने सञ्चारमाध्यम, निजी क्षेत्र तथा नागरिक समाजको साझा दायित्वका रूपमा बुझ्दा सडक सुरक्षित हुन्छ र हामी सबै सुरक्षित हुन्छौं। अन्ततः हामीले चाहेको पनि त्यही नै हो। त्यसका लागि सरोकारवाला निकायसँग परस्पर सहकार्य र समन्वय निरन्तर हुनु अपरिहार्य हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.