काठमाडौं । स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फिफा विश्वकप २०२६को फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई रोक्न कुनै एक खेलाडीलाई विशेष जिम्मेवारी नदिने बताएका छन् ।
आइतबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिनाविरुद्धको उपाधि भिडन्तअघि आयोजित पत्रकार सम्मेलनमा डे ला फुएन्टेले मेस्सीविरुद्ध ‘म्यान मार्किङ’ रणनीति विगतमा असफल भएको अनुभव सुनाउँदै यस्तो बताएका हुन् ।
स्पेनका प्रशिक्षकले आफूले पहिलो पटक युवा अवस्थामा खेलिरहेका मेस्सीलाई देखेको स्मरण गरे । उनले वर्षौंअघिको कोपा डेल रे प्रतियोगितामा सेभिया र बार्सिलोनाबीचको खेलमा मेस्सीलाई रोक्न आफ्नो टोलीले विशेष योजना बनाएको स्मरण गरे ।
‘मैले युवा फुटबल खेल्दा नै लियोनल मेस्सीलाई भेटेको थिएँ । त्यो सेभिया र बार्सिलोनाबीचको कोपा डेल रे खेल थियो । हामीले मेस्सीबारे धेरै सुनेका थियौँ,’ डे ला फुएन्टेले भने । उनले थपे, ‘हामीले सुरुवातमा उनलाई म्यान मार्क गर्ने निर्णय ग¥यौँ । खेलको ७०औँ मिनेटसम्म खेल गोलरहित बराबरीमा थियो । उनलाई रोकिरहेका खेलाडीले कार्ड पाएपछि मैले उनलाई परिवर्तन गरेँ । त्यसपछि अर्को १५ मिनेटमै मेस्सीले चार गोल गरे ।’
पुरानो अनुभव सम्झँदै डे ला फुएन्टेले विश्वकप फाइनलमा पनि मेस्सीमाथि विशेष ध्यान दिइने भए पनि एक जना खेलाडीमार्फत मात्र रोक्ने योजना नरहेको स्पष्ट पारे । ‘के हामी उनलाई म्यान मार्किङ गर्नेछौँ ? होइन । तर के हामी उनीमाथि धेरै ध्यान दिनेछौँ ? हो । तर उनीहरूले पनि हाम्रा खेलाडीहरूमाथि त्यत्तिकै ध्यान दिनेछन,’उनले भने ।
स्पेनका प्रशिक्षकले अर्जेन्टिना र प्रशिक्षक लियोनल स्कालोनीको प्रशंसा गर्दै उनीप्रति आफ्नो सम्मान रहेको बताए । ‘प्रशंसा, प्रशंसा र अझ धेरै प्रशंसा,’ उनले अर्जेन्टिनाबारे भने । उनले स्कालोनीलाई आफ्नो राम्रो साथीसमेत भएको बताए ।
डे ला फुएन्टेले स्पेनका युवा स्टार लामिन यामाललाई मेस्सीसँग तुलना नगर्न आग्रह गर्दै यामाललाई आफ्नै शैलीमा विकास हुन दिनुपर्ने बताए । ‘लामिन यामाल, यामाल नै हुनुपर्छ । मेस्सी अविश्वसनीय प्रतिभा हुन् र सबै युवा खेलाडीका लागि उदाहरण हुन् । तर लामिनले आफ्नै पहिचान बनाउनुपर्छ,’ उनले भने ।
स्पेन विश्वकप २०२६ मा उत्कृष्ट लयमा रहेको छ । टोलीले अहिलेसम्म प्रतियोगितामा एक गोल मात्र खाएको छ भने एउटै विश्वकप संस्करणमा ६ क्लिन सिट राख्ने पुरुष विश्वकप इतिहासकै पहिलो टोली बनेको छ । स्पेनले लगातार ६ खेल जित्दै अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई पराजित गर्दै सन् २०१० पछि पहिलो पटक विश्वकप फाइनलमा स्थान बनाएको हो ।
स्पेनको टोली लगातार ३७ खेलमा अपराजित छ र आइतबार अर्जेन्टिनालाई हराउन सके युरोपेली पुरुष राष्ट्रिय टोलीको सबैभन्दा लामो अपराजित यात्राको नयाँ कीर्तिमान बनाउनेछ ।
यता साविक विश्वकप विजेता अर्जेन्टिना लगातार दोस्रो उपाधिको खोजीमा छ । सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनल पुगेको अर्जेन्टिनाले पछिल्ला १४ खेल लगातार जितेको छ । टोलीले खेलको अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गर्दै ८५औँ मिनेटपछि आठ गोल गरेर प्रतियोगिताकै नयाँ कीर्तिमान बनाएको छ ।
अर्जेन्टिना र स्पेनबीचको पछिल्लो हेड–टु–हेड इतिहास बराबरी छ । दुवै टोलीले ६–६ जित निकालेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् । त्यसैले युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको विश्वकप फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । एएनआई
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.