×

फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी

खालीपाना न्युजडेस्क | १६ घण्टा अगाडि

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध राजनीतिक तटस्थताको सिद्धान्त उल्लंघन गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) मा उजुरी दर्ता भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार अधिकारवादी संस्था फेयरस्क्वायरले दायर गरेको उजुरीमा इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग सम्बन्धित विभिन्न गतिविधिमार्फत आईओसीको राजनीतिक तटस्थताको आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको छ ।

उजुरीको मुख्य विषय अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको एक खेलको स्वचालित निलम्बन अन्तिम समयमा स्थगित गरिएको निर्णय हो । बालोगुनले विश्वकप २०२६ को राउन्ड अफ ३२ मा बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध सिधै रातो कार्ड पाएपछि नियमअनुसार एक खेलको प्रतिबन्ध भोग्नुपर्ने थियो ।

तर फिफाले जुलाई ५ मा उक्त निलम्बन एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरिएको घोषणा गरेपछि उनले बेल्जियमविरुद्धको अन्तिम १६ को खेल खेल्न पाएका थिए । ट्रम्पले सार्वजनिक रूपमा उक्त रातो कार्डको निर्णय पुनरावलोकन गर्न आग्रह गरेका थिए । इन्फान्टिनोले ट्रम्पबाट फोन आएको स्वीकार गरे पनि निर्णयमा कुनै प्रभाव नपारेको दाबी गरेका छन् ।

ट्रम्पले भने आफूले केवल निर्णयको पुनरावलोकन गर्न आग्रह गरेको र त्यो फाउल नै नभएको विश्वास व्यक्त गरेका थिए । उनले फिफाले सही निर्णय गरेको भन्दै रेफ्रीको रातो कार्ड निर्णयलाई गलत समेत बताएका थिए । बेल्जियमविरुद्धको खेलमा बालोगुन सहभागी भए पनि अमेरिका ४–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

विवादबारे प्रतिक्रिया दिँदै इन्फान्टिनोले फिफाका न्यायिक निकाय स्वतन्त्र रूपमा काम गर्ने र उनीहरूको स्वतन्त्रता फुटबलको विश्वसनीयताका लागि अत्यावश्यक रहेको बताएका छन् । सन् २०२० देखि आईओसी सदस्यसमेत रहेका इन्फान्टिनोले ओलम्पिक चार्टर तथा आईओसी आचारसंहिताअनुसार राजनीतिक रूपमा तटस्थ रहनुपर्ने फेयरस्क्वायरको दाबी छ । संस्थाले इन्फान्टिनोले ट्रम्पको पक्षमा पाँच वटा स्पष्ट गतिविधि गरेको आरोप लगाएको छ ।

उजुरीमा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गरेको, ट्रम्पको शपथग्रहण समारोहसँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाएको, ट्रम्पलाई फिफाको पहिलो ‘पीस प्राइज’ प्रदान गरेको तथा ट्रम्पसँग सम्बन्धित डाटा सङ्कलन अभियानसँग जोडिएको भनिएको फिफा विश्वकप फ्यान प्लेटफर्मको प्रचार गरेको विषय पनि समावेश छन् ।

फेयरस्क्वायरले यसअघि पनि गत डिसेम्बरमा फिफाको आचारसंहिता समितिमा इन्फान्टिनोविरुद्ध उजुरी दर्ता गरेको थियो । उक्त उजुरीलाई नर्वेजियन फुटबल महासंघ तथा युरोपेली संसदका ५० सदस्यले समेत समर्थन गरेका थिए । यस विषयमा आईओसी र फिफाले हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.