×

खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा

खालीपाना न्युजडेस्क | १४ घण्टा अगाडि

काठमाडौं । खेल क्षेत्रका जानकार एवम अध्येता दिपक थापाले नेपाललाई खेलकुद पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका छन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले प्राकृतिक स्रोत, भौगोलिक अवस्था र पर्यटनको सम्भावनाका कारण नेपाल खेलकुद पर्यटनका लागि उपयुक्त देश भएको बताए ।

नेपाल ब्याडमिन्टन संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका थापाले नेपाललाई खेलकुद पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका हुन् ।

थापाले नेपालमा खेलकुदलाई प्राथमिकतामा राख्न नसकिएको भन्दै खेलकुदलाई मनोरञ्जन मात्र नभई राष्ट्रको पहिचान, स्वास्थ्य र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताए ।

‘खेलकुद सम्पन्न देशहरूमा प्राथमिकतामा पर्छ । हाम्रोजस्तो राष्ट्रमा पहिलो प्राथमिकता गाँस, बास र कपास हुन्छ । तर यसको अर्थ खेलकुद आवश्यक छैन भन्ने होइन,’ उनले भने, ‘नेपालमा ९० वर्षभन्दा अगाडिदेखि नै फुटबल, ब्याडमिन्टन र क्रिकेटका क्लबहरू स्थापना भइसकेका थिए। तर अहिले पनि व्यावसायिक खेलकुदका लागि आवश्यक पूर्वाधार र प्राथमिकता पर्याप्त छैन।’

उनले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि पूर्वाधार, सुरक्षा, होटल सुविधा र यातायात व्यवस्थापन महत्वपूर्ण हुने बताए । अन्तर्राष्ट्रिय फेडेरेसनहरूले कुनै देशमा प्रतियोगिता दिने क्रममा त्यहाँको भौगोलिक अवस्था, खेल पूर्वाधार र आतिथ्य सेवाको मूल्यांकन गर्ने उनको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय खेल हुँदा खेलाडी मात्र आउँदैनन्, उनीहरूसँग आउने अफिसियल, परिवार र साथीहरू पनि आउँछन्। यसले पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पु¥याउँछ,’ उनले भने ।

थापाले खेलकुदले स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रसम्म चलायमान बनाउने बताए। उनका अनुसार एउटा पर्यटक आउँदा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै मानिस आर्थिक गतिविधिमा जोडिन्छन् ।

उनले भने, ‘खेलाडी होटलमा बस्छन्, यातायात प्रयोग गर्छन्, खाना खान्छन्, किनमेल गर्छन्। यसले होटल, यातायात, व्यापार र स्थानीय उत्पादनको बजार विस्तार गर्छ।’

उनले नेपालमा खेलकुद पर्यटनका लागि प्राकृतिक सम्भावना उच्च रहेको उल्लेख गरे। उच्च हिमाली क्षेत्रका म्याराथन, साइकलिङ, स्की, ¥याफ्टिङ, कायकिङलगायतका साहसिक खेलमार्फत नेपाल विश्वकै आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।

‘नेपाल प्रकृतिले बनाएको देश हो। पूर्वाधारमा हामी केही पछाडि छौँ होला, तर प्राकृतिक स्रोत र साहसिक पर्यटनमा नेपाल निकै अगाडि छ,’ उनले भने।

थापाले नेपालले अन्तर्राष्ट्रिय खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि कूटनीतिक निकाय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामग्री निर्मातासँग सहकार्य गर्नुपर्ने बताएका छन् । एक–दुई वर्ष अगाडिदेखि नै खेलकुद कार्यक्रमको क्यालेन्डर बनाएर प्रचार गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सकिने उनको भनाइ छ ।

खेलकुद पूर्वाधार निर्माणमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको थापाले बताउँछन् । उनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत खेल मैदान, रंगशाला र प्रशिक्षण केन्द्र निर्माण गर्न सकिने सुझाव दिए ।

‘निजी क्षेत्रले आफैँ जग्गा किनेर खेल पूर्वाधार बनाउन कठिन हुन्छ, किनभने लगानीको प्रतिफल आउन धेरै समय लाग्छ । सरकारले निश्चित समयका लागि जग्गा लिजमा दिने, कर सहुलियत दिने र लगानीमैत्री वातावरण बनाउने हो भने निजी क्षेत्र आउन सक्छ,’ उनले भने।

स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्र रहेका जग्गा र स्रोतलाई खेल पूर्वाधार विकासमा प्रयोग गर्नुपर्ने उनको सुझाव छ । खेल पूर्वाधार बनेपछि स्थानीय रोजगारी, होटल व्यवसाय, स्थानीय उत्पादन र पर्यटन गतिविधि बढ्ने उनले बताए ।

उनले भने, ‘एउटा स्टेडियम बन्नु भनेको एउटा खेल मैदान मात्र बन्नु होइन। त्यससँगै स्थानीय बजार, रोजगारी र नयाँ आर्थिक गतिविधि सुरु हुन्छ।’

थापाले खेलकुदले देशको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने बताए । विश्वका धेरै साना राष्ट्रहरू खेलकुदकै माध्यमबाट चिनिएको उदाहरण दिँदै उनले नेपालले पनि खेलकुदलाई राष्ट्र निर्माणको माध्यम बनाउनुपर्ने बताए ।

‘खेलाडीले देशको प्रतिनिधित्व गर्छ, एउटा खेलाडीले मेडल जित्दा देशको नाम विश्वभर पुग्छ । त्यसपछि प्रायोजन, लगानी र आर्थिक अवसरहरू बढ्छन्,’ उनले भने।

उनले विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गर्नुपर्ने आवश्यकता औँल्याए। विद्यालय, क्लब र राष्ट्रिय टोलीबीच समन्वय भए खेलाडी उत्पादनको वातावरण बन्ने उनको भनाइ छ ।

थापाले कर्पोरेट क्षेत्रलाई पनि सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुदमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताए । सरकारले सहुलियत दिने हो भने निजी क्षेत्र खेलकुद पूर्वाधारमा ठूलो लगानी गर्न तयार रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.