×

जेम्स स्कूलमा अत्याधुनिक ‘थ्रिडीआई इन्क्यूबेसन ल्याब’को शुभारम्भ

खालीपाना न्युजडेस्क | ३ हप्ता अगाडि

ललितपुर । ललितपुर धापाखेलमा रहेको जेम्स स्कुलले आफ्नो अत्याधुनिक ‘थ्रिडीआई इन्क्यूबेसन ल्याब’को उद्घाटन गरेको छ ।

२१औँ शताब्दीको द्रुत गतिमा परिवर्तन भइरहेको विश्वमा अत्याधुनिक उक्त ल्याब विद्यार्थीहरुका लागि महत्वपूर्ण कोसेढुंगा हुने अनुमान गरिएको छ ।

उद्घाटन समारोहमा थ्रिडीआई स्कुल, न्युजिल्यान्डका निर्देशक डा. क्रेग हान्सन, थ्री डिआई स्कुल नेपालका प्रतिनिधिहरू, विद्यालयका शैक्षिक तथा प्रशासनिक नेतृत्वकर्ताहरू, अभिभावक र शुभेच्छुकहरूको उपस्थिति थियो।

सृजनशीलता, नवप्रवर्तन र प्रयोगात्मक सिकाइलाई प्रवद्र्धन गर्ने साझा उद्देश्यका लागि उक्त अवसरलाई उत्सवका रूपमा मनाएका थिए ।

प्राथमिक र माध्यमिक तहका विद्यार्थीहरूका लागि स्थापना गरिएका यी दुई इन्क्युबेसन ल्याबहरूलाई ‘डिस्कभर’ (पत्ता लगाउने), ‘डिजाइन’ (नक्साङ्कन गर्ने), ‘डेभलप’ (विकास गर्ने) र ‘इनोभेट’ (नवप्रवर्तन गर्ने) थलोका रूपमा विकास गरिएको विद्यालयले जनाएको छ ।

यहाँ विद्यार्थीहरूले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल फेब्रिकेसन, कोडिङ, इन्जिनियरिङ, सिर्जनात्मक कला र अन्तरविषय समस्या समाधानका माध्यमबाट प्रत्यक्ष रूपमा सिक्न पाउनेछन्।

कार्यक्रममा बोल्दै शैक्षिक निर्देशक डा. राजीव क्षेत्रीले नवप्रवर्तन अब प्रविधिमा मात्र सीमित नरही, एक मानसिकता भएको बताए ।

जसका कारण जिज्ञासा, आलोचनात्मक सोच र अर्थपूर्ण सहकार्यलाई बढावा दिने उनको भनाइ छ ।

यस्ता प्रयोगशालाहरूले विद्यार्थीहरूलाई अर्थपूर्ण प्रश्नहरू सोध्न, प्रयोग गर्न, असफलताबाट सिक्न र वास्तविक विश्वका चुनौतीहरूको समाधान खोज्न सक्षम बनाउने थलो बन्ने क्षेत्रीले बताए ।

उनले यस पहललाई सफल बनाउन सहयोग गर्ने बोर्ड अफ डाइरेक्टर्स, अभिभावक, शिक्षक र सम्पूर्ण विद्यालय परिवारप्रति कृतज्ञता व्यक्त गरे ।

थ्रीडिआई स्कुलका प्राविधिक निर्देशक जगदीश लोलोगुले प्रयोगशालाको महत्त्वबारे प्रस्ट पार्दै भने,‘यी ल्याबहरूले विभिन्न उमेर समूहका विद्यार्थीहरूलाई सोधखोजमा आधारित सिकाइ, प्रोटोटाइप बनाउने र कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने अवसर दिनेछन् ।’

विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई उद्यमशीलता र डिजाइन सोचसँग जोडेर प्रयोगशालाहरूले विद्यार्थीहरूलाई भविष्यका लागि तयार पार्ने लक्ष्य राखेका विद्यालय परिवारको भनाई छ ।

मुख्य वक्ता डा. क्रेग हान्सनले वर्तमानका युवा विद्यार्थीहरूलाई भविष्यमा आउने त्यस्ता रोजगारीका अवसरहरूका लागि तयार रहन आवश्यक पर्ने सीप विकास गर्नुपर्नेमा जोड दिए ।

रिबन काटेर र शिलालेख अनावरण गरी कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो। सहभागिहरुले प्रयोगशालाको अवलोकन, अन्तरक्रिया र प्रयोगशालाले प्रदान गर्ने विभिन्न अवसरहरूको प्रस्तुत गरिएको थियो ।

डिआई इन्क्युबेसन ल्याबको शुभारम्भसँगै जेम्स स्कुलले पाठ्यपुस्तकभन्दा बाहिरको शिक्षामा ठूलो फड्को मारेको छ । जसले अन्वेषण, सृजनशीलता, सहकार्य र जीवनपर्यन्त सिकाइलाई प्रोत्साहन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.