काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीरलाई उनको मृत्यु भएको स्थानमा लगिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार कुनै पूर्वसूचना नदिई आयोजित कार्यक्रममा खामेनीको शव राखिएको कफिनलाई उनको ‘शहादत’ भएको स्थानमा पु¥याइएको हो ।
इरानले जुलाई ४ र ५ मा तेहरानमा दुई दिने सार्वजनिक श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम आयोजना गरेको छ । इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) का अनुसार कार्यक्रममा २ करोडसम्म मानिस सहभागी हुन सक्ने अनुमान गरिएको छ, जसले इरानको इतिहासकै सबैभन्दा ठूलो सार्वजनिक जमघटमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
इरानी सरकारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन संवाद गरी खामेनीको निधनप्रति समवेदना व्यक्त गरेको जनाएको छ । संवादका क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवस्था, होर्मुज जलडमरूमध्य, लेबनान युद्धविराम र जारी कूटनीतिक वार्ताबारे पनि छलफल भएको बताइएको छ ।
यसैबीच, घानास्थित इरानी दूतावासले सन् २०१६ मा तत्कालीन घानाका राष्ट्रपति जोन ड्रामानी महामा र खामेनीबीच भएको भेटवार्तालाई स्मरण गर्दै श्रद्धाञ्जली सन्देश सार्वजनिक गरेको छ । दूतावासले खामेनीले अफ्रिकालाई आत्मनिर्भर र सम्मानित राष्ट्रहरूको महादेशका रूपमा हेर्ने दृष्टिकोण व्यक्त गरेको उल्लेख गरेको छ ।
भारतको विदेश मन्त्रालयले पनि बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल (अवकाशप्राप्त) सैयद अता हसनैन तथा विदेश राज्यमन्त्री पवित्रा मार्गेरिटा जुलाई ३ मा इरान पुगेर अन्त्येष्टि समारोहमा सहभागी हुने जनाएको छ ।
यता, नयाँ सर्वोच्च नेता मोजतबा खामेनी भने सुरक्षा जोखिमका कारण आफ्ना पिता अली खामेनीको अन्त्येष्टि समारोहमा सार्वजनिक रूपमा सहभागी नहुने जनाइएको छ । भारतका लागि इरानका सर्वोच्च नेताका प्रतिनिधि आयातोल्लाह हाकिम इलाहीका अनुसार इजरायलबाट हुन सक्ने सुरक्षा चुनौती र निगरानीको जोखिमका कारण यस्तो निर्णय गरिएको हो ।
इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार जुलाई ४ बिहान ६ बजेदेखि तेहरानस्थित इमाम खोमेनी ग्रान्ड प्रेयर ग्राउन्डमा सर्वसाधारणका लागि श्रद्धाञ्जली कार्यक्रम सुरु हुनेछ भने जुलाई ५ बिहान अन्तिम प्रार्थना आयोजना गरिनेछ । त्यसपछि राजधानीको फराकिलो मार्ग हुँदै शवयात्रा निकालिनेछ ।
आईआरजीसीको तेहरान कमान्डका प्रमुख ब्रिगेडियर जनरल हसन हसनजादेहका अनुसार अपेक्षित भीडका कारण एउटै सडक प्रयोग गर्न नसकिने निष्कर्षपछि फराकिलो क्षेत्रमा शवयात्रा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रमका लागि मेट्रो, बस सेवा, स्वास्थ्य सेवा, सुरक्षा संयन्त्र तथा अन्य सरकारी निकाय पूर्ण रूपमा परिचालन गरिएको छ । सहभागीहरूका लागि खानेपानी, भोजन, स्वास्थ्य सेवा, सरसफाइ र अन्य आवश्यक सुविधा उपलब्ध गराइने जनाइएको छ । इरानी अधिकारीहरूले समारोहमा १ करोड २० लाखदेखि १ करोड ५० लाखसम्म सहभागी हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् भने केही मूल्यांकनले यो संख्या २ करोडसम्म पुग्न सक्ने देखाएको छ ।
इरानी पक्षका अनुसार अयातोल्लाह अली खामेनी यस वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका थिए । त्यसपछि उनका छोरा मोजतबा खामेनीलाई इस्लामिक गणतन्त्र इरानको नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त गरिएको थियो । एएनआई
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.