×

‘खुस्मा’पछि निर्देशक अशोक थापा मगरको नयाँ सिनेमा ‘जलाकी’ मंसिर ४ मा प्रदर्शन हुँदै

खालीपाना न्युजडेस्क | ९ घण्टा अगाडि

काठमाडौं । व्यावसायिक रूपमा सफल सिनेमा ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै सिनेमाका दुई फरक शैलीका पोस्टर सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएका पोस्टरमा सिनेमाका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई केन्द्रमा राखिएको छ। दुई पोस्टरले एउटै प्रेमकथाका फरक–फरक भाव र मनोविज्ञान प्रस्तुत गरेका छन्। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्।

पहिलो पोस्टरमा सोनम र उपासनाबीचको प्रेम, आत्मीयता र खुसीका क्षणलाई देखाइएको छ। उनीहरूबीचको विश्वास र सम्बन्धलाई उजागर गर्ने गरी तयार गरिएको पोस्टरले सिनेमाको रोमान्टिक पक्षलाई संकेत गर्छ। दोस्रो पोस्टर भने भावनात्मक र गम्भीर छ। यसमा दुवै पात्र मौन, संवेदनशील र पीडायुक्त मुद्रामा देखिएका छन्। पोस्टरले कथामा आउने उतारचढाव, बिछोड र भावनात्मक संघर्षको झल्को दिन्छ।

निर्देशक अशोक थापा मगरका अनुसार ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो। यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, जीवनशैली र भावनालाई सिनेमाको कथामा प्रस्तुत गरिएको उनले बताएका छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा सोनम तोप्देन र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन्। उनीहरूसँगै शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन लगायतका कलाकारको अभिनय रहेको छ। सिनेमामा क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन् भने बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन्।

यस सिनेमाबाट मिस सिक्किमको उपाधि जितेकी साहारा हाङमा लिम्बूले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी छन्। उनको प्रवेशलाई पनि चलचित्रको अर्को आकर्षणका रूपमा हेरिएको छ।

निर्देशक अशोक थापा मगरको पहिलो निर्देशकीय सिनेमा ‘खुस्मा’ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। सोही सिनेमाबाट अभिनेत्री उपासना सिंह ठकुरीले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्। त्यसैले निर्देशक र उपासनाको सफल सहकार्य पुनः दोहोरिएकाले ‘जलाकी’ प्रति दर्शकको अपेक्षा पनि बढेको निर्माण पक्षको विश्वास छ।

सिनेमाका निर्मातामा ओम घर्ति मगर, बीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

प्राविधिक पक्षमा शैलेन्द्र डी. कार्कीको छायांकन रहेको छ भने एसडी योगी र सरित राईले संगीत दिएका छन्। गीतकार सुरेन्द्र राना र राम अविरल विष्टका शब्दमा तयार भएका गीतमा एसडी योगी, अञ्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर र गीताञ्जली थापा मगरको स्वर रहेको छ।

यसअघि ‘खुस्मा’मा समावेश ‘रुकुम मैकोट’ बोलको गीत टिकटक, फेसबुक रिल्स र युट्युबमा निकै लोकप्रिय बनेको थियो। त्यस सफलतापछि निर्देशक अशोक थापा मगरले नयाँ कथावस्तु र सांस्कृतिक पृष्ठभूमिसहित ‘जलाकी’ दर्शकमाझ ल्याएका हुन्।

निर्माण टिमका अनुसार मगर र गुरुङ समुदायको मौलिक संस्कृति, प्रेम, सम्बन्ध, परम्परा र सामाजिक मूल्यलाई केन्द्रमा राखेर तयार गरिएको यो चलचित्रले दर्शकलाई नयाँ स्वाद दिने विश्वास गरिएको छ। ‘जलाकी’लाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले देशभर वितरण गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.