×

देवाही गोनाही नगरपालिकाद्वारा ४४ करोड ६८ लाखभन्दा बढीको बजेट प्रस्तुत : सामाजिक न्याय र पूर्वाधार विकासमा जोड

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

‘समृद्ध देवाही गोनाही, सुशासन र दिगो विकास हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ नगरपालिकाले सामाजिक न्यायसहितको पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको हो । प्रेमपुर गोनाहीस्थित नगर कार्यपालिकाको कार्यालयमा आयोजित १३ औँ नगर सभामा आगामी आर्थिक वर्षका लागि कुल ४४ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न भएको उक्त नगर सभामा उपप्रमुख परनिया देवी पटेलको तर्फबाट वडा नं. ४ का वडा अध्यक्ष राम प्रवेश प्रसाद पटेलले बजेट, नीति तथा कार्यक्रम वाचन गरेर प्रस्तुत गरेका थिए । स्थानीय तहमा जनप्रतिनिधिहरूबीचको आपसी समन्वय र सहकार्यलाई प्रस्ट पार्दै बजेट वक्तव्यमार्फत नगरको आर्थिक तथा सामाजिक रूपान्तरणको खाका कोरिएको छ ।

बजेटले विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार क्षेत्रलाई समेटेको छ । विगतका वर्षहरूमा विभिन्न प्राविधिक तथा व्यावहारिक कारणले सुस्त रहेको विकास प्रक्रियालाई तीव्र गति दिने संकल्प बजेटमा गरिएको छ ।

यस वर्षको बजेटको अर्को महत्त्वपूर्ण पाटो भनेको स्थानीय बेरोजगार युवाहरूलाई लक्षित गरी रोजगारीका अवसरहरू सिर्जना गर्नु हो । सीपमूलक तालिम, उद्यमशीलता प्रवद्र्धन र स्थानीय स्रोत–साधनको अधिकतम परिचालनमार्फत युवा पलायनलाई रोक्ने र नगरभित्रै आर्थिक उपार्जनका बाटोहरू खोल्ने लक्ष्य बजेटले राखेको छ ।

आर्थिक, सामाजिक र भौतिक विकासको त्रिकोणात्मक सन्तुलन मिलाएर नगरको समग्र समृद्धि हासिल गर्नु नै यस बजेटको मूल उद्देश्य रहेको जनाइएको छ । नगर प्रमुख साहले सभालाई सम्बोधन गर्दै बजेटले नगरवासीको चाहना र आवश्यकतालाई गम्भीरतापूर्वक सम्बोधन गरेको दाबी गरे ।

लक्षित वर्गको उत्थान, लक्षित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन र पारदर्शी कार्यशैली अपनाएर नगरमा सुशासन कायम गर्न कार्यपालिका प्रतिबद्ध रहेको उनले बताए । दिगो विकासका लक्ष्यहरूलाई आत्मसात् गर्दै चालिएका नयाँ कार्यक्रमहरूले देवाही गोनाही नगरपालिकालाई एक नमुना स्थानीय तहको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.