काठमाडौं । कर्णाली प्रदेशको कालिकोटस्थित तिलागुफामा सामुदायिक पुस्तकालय स्थापना गर्ने अभियान सुरु गरिएको छ । कर्णाली जनजागरण युवा मञ्च नेपालका अध्यक्ष कटक शाहीको नेतृत्वमा युवाहरूले दुर्गम क्षेत्रका विद्यार्थी तथा स्थानीय नागरिकलाई ज्ञान र अध्ययनको पहुँच विस्तार गर्ने उद्देश्यसहित ‘तिलागुफा सामुदायिक पुस्तकालय’ स्थापना अभियान अघि बढाएका हुन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा शाहीले कालिकोटको भौगोलिक विकटता र शैक्षिक स्रोतको अभावका कारण विद्यार्थीहरू अझै पनि पुस्तक तथा पुस्तकालयको पहुँचबाट वञ्चित रहेको बताए । उनका अनुसार काठमाडौंलगायत विभिन्न स्थानमा रहेका कालिकोटका युवाहरूको पहलमा पुस्तक सङ्कलन अभियान सुरु गरिएको छ ।
‘कर्णालीका धेरै विद्यार्थीहरूले अहिलेसम्म राम्रो पुस्तकालय देख्नसमेत पाएका छैनन् । पुस्तकालयमार्फत विद्यार्थी, शिक्षक र स्थानीय समुदायलाई अध्ययन तथा अनुसन्धानको अवसर उपलब्ध गराउने हाम्रो उद्देश्य हो,’ उनले भने ।
शाहीका अनुसार पुस्तकालय स्थापनाका लागि तत्काल नयाँ भवन निर्माण गर्ने योजना नभए पनि तिलागुफा क्षेत्रमा रहेको सत्यदेवी आधारभूत विद्यालयको हाल प्रयोगविहीन भवनलाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी भइरहेको छ ।
विद्यालय अन्यत्र गाभिएपछि खाली रहेको भवनमा पुस्तकालय सञ्चालन गर्ने विषयमा विद्यालय व्यवस्थापन तथा स्थानीय सरोकारवालासँग छलफल भइरहेको उनले जानकारी दिए ।
हालसम्म स्थानीय सरकार वा कुनै आधिकारिक निकायबाट प्रत्यक्ष सहयोगको प्रतिबद्धता प्राप्त नभएको बताउँदै उनले अभियानको प्रारम्भिक चरणमा युवाहरूले आफ्नै पहलमा काम अघि बढाइरहेको बताए । ‘पहिला पुस्तकालय स्थापना गरेर यसको आवश्यकता देखाउन सके स्थानीय सरकार र अन्य निकायको ध्यान पनि आकर्षित हुनेछ भन्ने विश्वास छ,’उनले भने ।
पुस्तकालयका लागि सबैभन्दा ठूलो आवश्यकता पुस्तक रहेको उल्लेख गर्दै शाहीले देश तथा विदेशमा रहेका साहित्यकार, लेखक, कवि, बुद्धिजीवी तथा पुस्तकप्रेमीहरूलाई पुस्तक सहयोग गर्न आग्रह गरेका छन् । उनका अनुसार हाल विभिन्न स्थानबाट प्राप्त पुस्तकहरू सङ्कलन गरी सुरक्षित रूपमा व्यवस्थापन गर्ने काम सुरु भइसकेको छ ।
उनले कर्णालीका ग्रामीण क्षेत्रमा अझै पनि विद्यार्थीहरूमा पुस्तक पढ्ने संस्कार बलियो रहेको बताए । ‘इन्टरनेट र डिजिटल प्रविधिको पहुँच सीमित भएकाले यहाँका विद्यार्थीहरू अझै पनि पुस्तकमार्फत ज्ञान हासिल गर्न चाहन्छन् । त्यसैले पाठ्यपुस्तकबाहेक समसामयिक ज्ञान, साहित्य, विज्ञान र व्यक्तित्व विकाससँग सम्बन्धित पुस्तकहरूको आवश्यकता छ,’उनले बताए ।
कर्णालीका ग्रामीण समाजमा शिक्षा प्रतिको चेतना बढ्दै गएको उल्लेख गर्दै शाहीले अभिभावकहरू आफ्ना छोराछोरीलाई पढाउन उत्साहित रहेको बताए । उनले पुस्तकालयले विद्यार्थीहरूमा अध्ययन संस्कृति विकास गर्नुका साथै शिक्षक र समुदायलाई पनि नयाँ ज्ञानसँग जोड्ने विश्वास व्यक्त गरे ।
भविष्यमा पुस्तकालयलाई डिजिटल स्वरूपमा समेत विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । कर्णालीका विभिन्न क्षेत्रमा विद्युत् र सञ्चार सेवा विस्तार भइरहेका कारण आगामी दिनमा शैक्षिक सफ्टवेयर तथा डिजिटल सामग्रीसमेत उपलब्ध गराउने लक्ष्य लिइएको उनले बताए ।
‘पुस्तकालय केवल किताब राख्ने ठाउँ मात्र होइन, समुदायको बौद्धिक विकासको केन्द्र बन्नुपर्छ भन्ने हाम्रो सोच हो,’ शाहीले भने, ‘सबैको साथ र सहयोग पाए तिलागुफामा एउटा नमुना सामुदायिक पुस्तकालय निर्माण गर्न सकिन्छ ।’
पुस्तकालय स्थापना गर्न १७ लाख ५० हजार रुपैयाँ लाग्ने
गाउँ–गाउँमा इन्टरनेट सेवा विस्तार हुन थाले पनि नेपालका अधिकांश ग्रामिण बस्तीमा भने अझैंपनि पुस्तक नै ज्ञान प्राप्तिको मुख्य माध्यम बनेकोले शाहीले कालिकोट जस्तो दुर्गम गाउँमा यो पुस्तकालय स्थापना गर्न थालेका हुन् ।
पुस्तकालय स्थापनाका लागि प्रारम्भिक चरणमा १७ लाख ५० हजार रुपैयाँ बराबरको योजना तयार गरिएको शाहीले जानकारी दिए । उक्त रकममध्ये करिब १० लाख रुपैयाँ नयाँ तथा ज्ञानवद्र्धक पुस्तक खरिदका लागि र पाँच लाख रुपैयाँ फर्निचर तथा पुस्तकालय व्यवस्थापनका लागि खर्च गरिनेछ । बाँकी रकम पुस्तक दर्ता, व्यवस्थापन प्रणाली र अन्य प्रशासनिक कार्यमा प्रयोग गरिने योजना छ ।
‘हामीले भवन बाहेकको लागत हिसाब गरेका छौं । स्थानीय स्तरमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर राम्रो र व्यवस्थित पुस्तकालय सञ्चालन गर्न सकिन्छ,” शाहीले भने । उनका अनुसार पुस्तकालयमा साहित्य, इतिहास, विज्ञान, कानुन, लोकसेवा तयारी, विभिन्न आयोगका पाठ्यसामग्री, शब्दकोश, पत्रपत्रिका र जर्नललगायतका पुस्तकहरू राख्ने लक्ष्य छ ।
हाल पुस्तकालय सञ्चालनका लागि तिलागुफास्थित सत्यदेवी आधारभूत विद्यालयको प्रयोगविहीन भवन उपयोग गर्ने तयारी भइरहेको छ । विद्यालय गाभिएपछि खाली रहेको भवनलाई अस्थायी रूपमा पुस्तकालयका लागि प्रयोग गर्ने विषयमा स्थानीय सरोकारवालासँग छलफल भइरहेको शाहीले बताए ।
उनका अनुसार पुस्तकालयलाई भविष्यमा डिजिटल पुस्तकालयका रूपमा विकास गर्ने योजना पनि छ । गाउँमा विद्युत् र इन्टरनेट सेवा विस्तार भइरहेकाले आगामी दिनमा शैक्षिक सफ्टवेयर तथा डिजिटल सामग्रीसमेत उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
शाहीले पुस्तकालय स्थापना अभियानका लागि हालसम्म कुनै सरकारी निकाय वा संस्थाबाट औपचारिक सहयोग प्राप्त नभएको बताए । तथापि, देश तथा विदेशमा रहेका साहित्यकार, लेखक, कवि, बुद्धिजीवी तथा पुस्तकप्रेमीहरूबाट पुस्तक सहयोग प्राप्त हुने विश्वास रहेको उनको भनाइ छ ।
‘कर्णालीका विद्यार्थीहरू अझै पनि पुस्तक पढ्न रुचाउँछन् । उनीहरूलाई गुणस्तरीय पुस्तक उपलब्ध गराउन सकियो भने अध्ययन संस्कृतिमा सकारात्मक परिवर्तन आउँछ,’ उनले भने ।
पुस्तकालय स्थापना भएपछि समुदायस्तरमै पढ्ने बानीको विकास गर्न अभियान सञ्चालन गरिने शाहीले बताए । अभिभावक, शिक्षक र विद्यार्थीलाई पुस्तकालयसँग जोड्दै अध्ययन र ज्ञान आदानप्रदानको वातावरण निर्माण गरिने उनको भनाइ छ ।
सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई पुस्तक, आर्थिक सहयोग वा अन्य आवश्यक सामग्री उपलब्ध गराउन अपिल गर्दै शाहीले तिलागुफामा नमुना सामुदायिक पुस्तकालय निर्माणको अभियानलाई सफल बनाउन सबैको साथ आवश्यक रहेको बताए ।
‘सहयोग गर्ने मन नै सबैभन्दा ठूलो कुरा हो। कर्णालीको शिक्षा र ज्ञान विकासका लागि सबै क्षेत्रबाट सहयोग जुट्ने विश्वास गरेका छौं,’ उनले भने ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.