×

कलाकारहरुमा विश्वकपको रौनक : धेरैजना मेस्सी, रोनाल्डो र ब्राजिलका समर्थक

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव सुरु भएसँगै संसारभरका समर्थकहरू उत्साहले भरिएका छन् । चार वर्षको प्रतीक्षापछि आउने यो प्रतियोगिता खेल मात्र होइन, करोडौं मानिसको भावना, आशा र उत्सवसँग जोडिएको विषय पनि हो ।

नेपालमा पनि विश्वकपको रौनक बिस्तारै चुलिँदै गएको छ । चोक–चोकमा फुटबलको चर्चा छ, सामाजिक सञ्जालमा समर्थकहरूबीच बहस चलिरहेको छ, र घर–घरमा आफ्ना प्रिय टोलीका पक्षमा अनुमान र अपेक्षा व्यक्त भइरहेका छन् ।

फुटबलको यो ज्वारभाटाले कलाकारहरूलाई पनि उत्तिकै छोएको छ । अभिनय, संगीत र मनोरञ्जनको व्यस्त तालिकाबीच उनीहरू पनि विश्वकपको पर्खाइमा छन् ।

कसैले बाल्यकालदेखि एउटै टोलीलाई साथ दिँदै आएका छन् भने कसैको समर्थन मनपर्ने खेलाडीका कारण बनेको छ । धेरै कलाकारको रोजाइ अर्जेन्टिना देखिए पनि ब्राजिल र पोर्चुगलका समर्थकहरू पनि कम छैनन् ।

नायिका रेखा थापाका लागि विश्वकप भन्नासाथ सबैभन्दा पहिले पोर्चुगल सम्झनामा आउँछ । उनी आफूलाई क्रिस्टियानो रोनाल्डोको कट्टर प्रशंसक मान्छिन् । रोनाल्डोको खेल, अनुशासन र निरन्तरताले आफूलाई प्रभावित बनाएको उनको भनाइ छ ।

‘मलाई पोर्चुगलको खेल एकदमै मनपर्छ । रोनाल्डो मेरो प्रिय खेलाडी हुन् । जित होस् वा हार, म सधैं पोर्चुगलकै समर्थक हुँ,’ उनी भन्छिन् । यद्यपि ब्राजिलका नेमारको खेल पनि उनलाई उत्तिकै आकर्षक लाग्छ । फुटबलमा व्यक्तिगत प्रतिभा र टिमवर्क दुवै महत्वपूर्ण हुने भएकाले आफू खेलाडीको कला पनि उत्तिकै रुचिका साथ हेर्ने बताउँछिन् ।

गायिका ज्योति मगरको दृष्टिकोण भने केही फरक छ । उनी कुनै एउटा विदेशी टोलीको समर्थकभन्दा पनि नेपाल एक दिन विश्वकपमा पुग्न सकोस् भन्ने सपना देख्छिन् ।

‘हामी सबैले कुनै न कुनै देशलाई समर्थन गर्छौं, तर मेरो सबैभन्दा ठूलो चाहना नेपाल विश्वकपमा पुगेको हेर्नु हो,’उनी भन्छिन् । व्यस्त सांगीतिक कार्यक्रमका कारण प्रारम्भिक चरणका खेल धेरै हेर्न नपाए पनि क्वार्टरफाइनल र सेमिफाइनलदेखि भने खेल छुटाउँदिनन् । उनका अनुसार विश्वकपले मनोरञ्जन मात्र होइन, नेपाली खेलाडीलाई पनि नयाँ सीप र रणनीति सिक्ने अवसर दिन्छ ।

अभिनेता भुवन केसी अर्जेन्टिनाका पूराना समर्थक हुन् । डिएगो म्याराडोनाको जादुमयी खेल देखेर अर्जेन्टिनाप्रति आकर्षित भएका उनी अहिले पनि त्यही टोलीलाई समर्थन गरिरहेका छन् ।

‘म्याराडोनाको समयदेखि अर्जेन्टिनाको समर्थक हुँ । अहिले मेस्सीका कारण त्यो माया झन् बढेको छ,’ उनी भन्छन् । यद्यपि उनले राम्रो खेल प्रस्तुत गर्ने टोलीलाई पनि सम्मान गर्नुपर्ने धारणा राख्छन् । उनका अनुसार विश्वकपको वास्तविक सौन्दर्य उत्कृष्ट खेलमा हुन्छ ।

गायक डम्बर नेपालीका लागि पनि अर्जेन्टिना नै पहिलो रोजाइ हो । बाल्यकालदेखि नै अर्जेन्टिनाको खेल शैली मन परेकाले आफ्नो समर्थन कहिल्यै परिवर्तन नगरेको उनी बताउँछन् ।

‘जित–हार खेलको नियम हो । तर अर्जेन्टिनाको खेल हेर्दा छुट्टै आनन्द आउँछ,’ उनी भन्छन् । उनका अनुसार विश्वकपले संसारभरका मानिसलाई एउटै भावनामा बाँध्ने क्षमता राख्छ ।

नायिका सिर्जना सुब्बा भने फुटबललाई पुस्तान्तरणको दृष्टिले हेर्छिन् । उनका लागि मेस्सी विश्व फुटबलका महान खेलाडीमध्ये एक हुन् । देशका लागि उपाधि जितेपछि मेस्सीले आफ्नो करियरलाई पूर्णता दिएको उनी मान्छिन् ।

‘मेस्सीको खेलमा खोट लगाउने ठाउँ छैन । उनले क्लब र देश दुवैका लागि आफूलाई प्रमाणित गरिसकेका छन्,’ उनी भन्छिन् । तर फुटबल केवल पुराना स्टारको खेल मात्र नभएको उनको तर्क छ । नयाँ पुस्ताका खेलाडीले पनि आफ्नो पहिचान स्थापित गर्नुपर्छ भन्ने उनी मान्छिन् ।

उनले अभिभावकलाई पनि आफ्ना सन्तानलाई खेलप्रति प्रेरित गर्न आग्रह गरेकी छन् । ‘फुटबलमा भविष्य छैन भनेर बच्चाहरूलाई रोक्ने होइन, उनीहरूलाई अवसर दिने हो,’ उनको भनाइ छ ।

कलाकार दीपकराज गिरी आफूले सन् १९९० देखि विश्वकप हेर्न थालेको सम्झन्छन् । उनका अनुसार त्यो समय मनोरञ्जनका साधन सीमित भएकाले विश्वकपको आकर्षण अझ बढी थियो ।

‘हामी निद्रा मारेर खेल हेथ्र्यौं । त्यो समयको उत्साह अहिले पनि सम्झिन्छु,’ उनी भन्छन् । अर्जेन्टिनाका समर्थक भए पनि उनी अन्य बलिया टोलीलाई पनि उत्तिकै सम्मानका साथ हेर्छन् । फ्रान्स, पोर्चुगल, स्पेन र जर्मनीलाई उपाधिका दाबेदारका रूपमा लिने उनी ब्राजिल भने विगतको तुलनामा केही कमजोर देखिएको बताउँछन् ।

अभिनेता विजय बरालको फुटबलप्रेम भने ब्राजिलसँग जोडिएको छ । उनले विश्वकप हेर्न थालेकै बेला ब्राजिलले उपाधि जितेको थियो । त्यही क्षणदेखि ब्राजिल उनको प्रिय टोली बनेको हो ।

‘सानो हुँदा सबैले मलाई रोनाल्डो भनेर जिस्काउँथे । त्यसैले पनि ब्राजिलप्रति झन् लगाव बढ्यो,’ उनी हाँस्दै भन्छन् । उनका अनुसार विश्वकप खेलभन्दा पनि भावनाको उत्सव हो । आफूले समर्थन गरेको टोली बाहिरिएपछि भने खेल हेर्ने उत्साह अलि कम हुने उनी स्वीकार्छन् ।

नायिका वर्षा राउत पनि ब्राजिलकै समर्थक हुन् । फुटबलमा धेरै चासो नरहे पनि सन् २००२ मा ब्राजिलले उपाधि जितेपछि उनी उक्त टोलीको समर्थक बनेकी हुन् ।

‘म नियमित रूपमा सबै खेल हेर्दिनँ, तर ब्राजिल खेल्दा भने चासोका साथ हेर्छु,’ उनी भन्छिन् । यसपटक पनि ब्राजिलले राम्रो प्रदर्शन गरोस् भन्ने उनको अपेक्षा छ ।

नायिका बिनिता कार्कीको रोजाइ अर्जेन्टिना हो । उनलाई फ्रान्सको खेल पनि उत्तिकै मनपर्छ । कुनै टोलीलाई समर्थन गर्नुको अर्थ उपाधि जित्नैपर्छ भन्ने नभई राम्रो खेल देख्न पाउनु पनि महत्वपूर्ण भएको उनी बताउँछिन् ।

‘आफूले समर्थन गरेको टोली सकेसम्म धेरै अघि बढोस् भन्ने चाहना त हुन्छ । तर खेलको सुन्दरता राम्रो प्रदर्शनमा हुन्छ,’ उनी भन्छिन् ।

कलाकारहरूका अभिव्यक्तिमा फरक–फरक टोलीको नाम आए पनि एउटा समानता स्पष्ट देखिन्छ–फुटबलप्रतिको प्रेम । कसैलाई मेस्सी मन पर्छ, कसैलाई रोनाल्डो ।

कोही ब्राजिलको आकर्षक शैलीका प्रशंसक छन् भने कोही अर्जेन्टिनाको जुझारु स्वभावका । तर सबैको चाहना एउटै छ, विश्व फुटबलको यो महाउत्सवले रोमाञ्चक खेल, अविस्मरणीय क्षण र नयाँ नायकहरू जन्माओस् ।

नेपाल विश्वकप खेल्ने सपना अझै टाढा भए पनि विश्वकपको उत्साह भने नेपाली समर्थकका लागि सधैं नजिकको विषय बनेको छ । यही उत्साह, यही प्रतीक्षा र यही प्रेमले हरेक चार वर्षमा विश्वकपलाई खेलभन्दा ठूलो उत्सव बनाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.