×

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

खालीपाना न्युजडेस्क | ६ घण्टा अगाडि

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई) ले आफ्नो २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी जेठ २४ र २५ गते ललितपुरमा आयोजना गर्ने भएको छ ।

महासंघले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । महासंघले स्थापना भएको ३६ वर्ष पूरा गरी ३७ औँ वर्षमा प्रवेश गर्ने अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

महासंघका अनुसार महाधिवेशनमा सातै प्रदेश, ७७ वटै जिल्लाका प्रतिनिधि, पर्यवेक्षक तथा महिला उद्यमी प्रतिनिधिसहित करिब एक हजार जनाको सहभागिता रहनेछ । सम्मेलनले महासंघको संगठनात्मक सुदृढीकरण, विगतका गतिविधिको समीक्षा, भावी नीति तथा कार्यक्रम निर्माण र लघु, घरेलु तथा साना उद्योग क्षेत्रका चुनौती तथा अवसरबारे व्यापक छलफल गर्ने अपेक्षा गरिएको छ ।

महाधिवेशनले महासंघ तथा केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। साथै महिला उद्यमशीलता विकास, आर्थिक सशक्तीकरण, नवप्रवर्तन तथा बजार पहुँच विस्तारलगायत विषयमा महत्वपूर्ण योजना तय गरिने महासंघले जनाएको छ । महाधिवेशन अवधिभर उद्यमीहरूले उत्पादन गरेका नेपाली वस्तुको प्रदर्शनीसमेत गरिनेछ ।

२०४७ सालमा स्थापना भएको महासंघ हाल सातै प्रदेश, ७७ जिल्लासहित ३०० भन्दा बढी स्थानीय तहमा विस्तार भएको छ । महासंघअन्तर्गत ३१ वटा वस्तुगत संघ, ५५ भन्दा बढी एसोसियट सदस्य र २० वटा सहकारी आबद्ध छन् । केन्द्रीय महिला उद्यमी समितिअन्तर्गत सात प्रदेश र ६२ जिल्लामा महिला उद्यमी समितिहरू सक्रिय रहेको महासंघले जनाएको छ ।

यसैबीच महासंघले सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेटप्रति मिश्रित प्रतिक्रिया दिएको छ । महासंघले बजेटले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ । तर लघु, घरेलु तथा साना उद्योग क्षेत्रको विकास र प्रवद्र्धनका विषयमा बजेटले अपेक्षाअनुसार प्राथमिकता दिन नसकेको गुनासोसमेत गरेको छ ।

महासंघले उद्योग तथा व्यवसायमैत्री कर नीति, उद्यमशीलता विकास कार्यक्रम, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, उत्पादन तथा रोजगारी वृद्धिमा केन्द्रित योजनाहरू तथा ऊर्जा र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको विषयलाई सकारात्मक रूपमा लिएको जनाएको छ । यस्ता व्यवस्थाले साना उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन, उत्पादन लागत घटाउन र बजार पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास महासंघको छ ।

महासंघले बजेटमा समेटिएका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, सहज वित्तीय पहुँच, घरेलु उत्पादनको संरक्षण तथा प्रवद्र्धन, युवा तथा महिला उद्यमीका लागि विशेष सहुलियत, सीप विकास र बजार व्यवस्थापन कार्यक्रमलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।

निर्माण सामग्री, ऊर्जा तथा ढुवानी लागतमा भएको वृद्धि र त्यसले उत्पादन लागतमा पारेको असरलाई सम्बोधन गर्न थप नीतिगत तथा कार्यक्रमगत पहल आवश्यक रहेको महासंघको धारणा छ । साथै स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने स्पष्ट कार्ययोजना कार्यान्वयनमा ल्याउन पनि सरकारसँग माग गरिएको छ ।

महासंघले बजेटमा समेटिएका उत्पादनमुखी तथा विकासमुखी कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको जनाउँदै निजी क्षेत्र र सरकारबीचको साझेदारीलाई अझ सुदृढ बनाउँदै मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.