×

‘आदेश कार्यान्वयनमा कमजोरी र अपनत्व अभाव’

खालीपाना न्युजडेस्क | ६ घण्टा अगाडि

काठमाडौं । सर्वोच्च अदालतका रजिस्टार मानबहादुर कार्कीले अदालतका परमादेश तथा निर्देशनात्मक आदेशहरूको कार्यान्वयनमा देखिएको ढिलासुस्ती र कमजोर अपनत्वप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार सर्वोच्च अदालतद्वारा आयोजित ‘मानसिक स्वास्थ्यसम्बन्धी परमादेश तथा निर्देशनात्मक आदेशको कार्यान्वयनको अवस्था र चुनौतीहरू’ विषयक कार्यक्रममा बोल्दै उनले नेपालमा सर्वोच्च अदालतका आदेशलाई व्यवहारमा कार्यान्वयन गर्ने संस्कृतिमा अझै कमजोरी रहेको टिप्पणी गरे ।
उनका अनुसार अन्तर्राष्ट्रिय अभ्यासमा सर्वोच्च अदालतको निर्णयलाई उच्च सम्मानका साथ कार्यान्वयन गर्ने प्रवृत्ति रहे पनि नेपालमा भने त्यसप्रति समान स्तरको संवेदनशीलता नदेखिएको बताए ।

कार्कीले अदालतका आदेशहरू गहिरो तथ्य विश्लेषणका आधारमा जारी हुने भएकाले त्यसलाई हल्का रूपमा नलिनुपर्ने बताए ।
उनका अनुसार आदेशको पुनरावलोकन गर्ने कानुनी बाटो भएपनि प्रारम्भिक कार्यान्वयनमै उदासीनता देखिनु गम्भीर समस्या हो ।

मानसिक स्वास्थ्यलाई संवेदनशील विषय भन्दै उनले यो विषय सबै नागरिकसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे । ‘हामी सबै भल्नरेबल अवस्थामा छौं, मानसिक स्वास्थ्य जुनसुकै बेला प्रभावित हुनसक्छ,’ उनले भने ।

उनले संविधानले प्रत्याभूत गरेको स्वास्थ्य अधिकारअनुसार मानसिक स्वास्थ्यलाई नीति, ऐन, संरचना र कार्यक्रममार्फत व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याए । संरचना, बजेट र कार्यक्रममार्फत मात्र कार्यान्वयन सम्भव हुने भन्दै स्पष्ट नीति र कानुनी आधार अनिवार्य रहेको उनको भनाइ थियो ।

कार्कीले निकायगत समन्वय कमजोर भएकाले सर्वोच्चका आदेश कार्यान्वयनमा समस्या देखिएको बताउँदै सम्बन्धित निकायहरूले समयमै प्रतिक्रिया दिनुपर्नेमा जोड दिए । उनले आदेशलाई कागजी प्रक्रियामा मात्र सीमित नगरी व्यवहारमा उतार्न सबै सरोकारवालाको जिम्मेवारी रहेको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.