×

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग

खालीपाना न्युजडेस्क | २ दिन अगाडि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकार प्रमुखका अभिव्यक्ति तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहने भएपनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार हुनुपर्ने बताए । उनले प्रधानमन्त्रीले संसदमा राखेको अभिव्यक्तिबारे प्रश्न उठाउँदै तथ्यबिनाका भनाइ संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।

उनले भने,‘प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ तर सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ । चिया पसलमा गर्ने गफ र संसदको अभिव्यक्तिबीच फरक हुन्छ । सामान्य नागरिक र सामान्य जनताले भनेको कुरा फरक हुन्छ । त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरु तथ्य प्रमाण र यर्थातमा आधारित हुनुपर्छ । तथ्यांक बिनामा अभिव्यक्ति राजनीतिक भाषण हुनसक्छ । तर त्यो राज्य संचालन गर्ने आधार बन्न सक्दैन ।’

उनले प्रधानमन्त्रीका भनाइ तथ्यांक, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने उल्लेख गर्दै तथ्यबिनाका अभिव्यक्ति राजनीतिक भाषण त हुनसक्ने तर राज्य सञ्चालनको आधार बन्न नसक्ने बताए।

सांसद शाहीले नेपाल–भारत सीमा सम्बन्धी विषय उठाउँदै सरकारले भारतले नेपाली भूमि मिचेको दाबी गरेको हो भने त्यससम्बन्धी प्रमाण संसदसमक्ष प्रस्तुत गर्न आग्रह गरे।
उनले प्रमाणबिना जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्ति दिन नहुने धारणा राख्दै सरकारले यस्ता गतिविधिबाट स्वयं जोगिनुपर्ने बताए।
उनले भने,‘भावनाले ताली पाउन सक्छ । तर तथ्यले मात्र विश्वास जित्न सक्छ । यदी सरकारसँग नेपालले भारतले सिमाना मिचेको छ भने सम्मानीत संसद समक्ष प्रस्तुत गर्न अपिल गर्छु । यदी छैन् भने जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्तिबाट सरकार स्वयम जोगिनु पर्छ । प्रधानमन्त्रीले तथ्यबिना संसदमा बोलेका तथ्यहरु संसदको रेकर्डबाट हटाउन अपिल गर्छु ।’

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्नको उक्त दिने क्रममा प्रधानमन्त्री बालेन शाहले भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.