×

गणतन्त्रको नारा घन्काउँदा भीमसेन दाहाललाई मेरै अगाडि गोली लागेको स्मृतिमा ताजै छ : नरेश रोकाया

खालीपाना न्युजडेस्क | १ दिन अगाडि

काठमाडौं । गणतन्त्रलाई नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि भएको नेकपा एमालेका केन्द्रीय सदस्य नरेश रोकायाले बताएका छन् ।
उनले १०४ वर्षे राणा शासन र २३९ वर्षसम्म कायम राजतन्त्रको निरंकुशताबाट पिल्सिएका निमुखा जनताले बल्ल अधिकार प्राप्त गरेको उल्लेख गर्दै यो व्यवस्थाप्रति आफूलाई निकै गौरव र खुसी रहेको बताए ।
पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस) मा अध्ययनरत रहँदा आफू विद्यार्थी आन्दोलनको अग्रपंक्तिमा रहेको स्मरण गर्दै रोकायाले २०६१ माघ १९ को शाही ‘कू’ विरुद्ध आफूहरूले कडा प्रतिरोध गरेको बताए । तत्कालीन शाही नेपाली सेनाको दमन र गोलीबारीका बीच पनि आफूहरू पछि नहटेको र कयौं सहकर्मीहरू घाइते भएको उनले सुनाए ।
आफू राजनीतिक चेतना भएको परिवारमा हुर्केका कारण आन्दोलनमा लाग्न सहज भएको बताउँदै उनले पीएन क्याम्पसलाई क्रान्तिकारी योद्धाहरू जन्माउने पवित्र तपोभूमि मान्ने गरेका छन् । विद्यार्थीहरू लहलहैमा लागेर नभई परिवर्तनको दृढ अठोटका साथ आन्दोलनमा होमिएको रोकायाको भनाइ छ ।
आन्दोलनका क्रममा शहीद भीमसेन दाहालले आफ्नो अगाडि नै गोली खाएर ज्यान गुमाएको पीडादायी घटनालाई उनले कहिल्यै बिर्सन नसक्ने बताए । सँगै आन्दोलनमा रहेका साथीको अकालमै ज्यान जानु र घाइतेहरूलाई हस्पिटल पु¥याउँदा पनि बचाउन नसक्नुको पीडा आन्दोलनको अविस्मरणीय पक्ष रहेको उनले उल्लेख गरे ।
गणतन्त्र स्थापनापछिको कालखण्डमा माओवादीले मच्चाएको आतंकको विरोधमा आफूहरूले प्रतिकार गरेको रोकायाले स्पष्ट पारे। सार्वजनिक स्थल र कलेज कब्जा गर्ने तथा नागरिकलाई आतंकित पार्ने कार्यविरुद्ध उभिएकै कारण आफूमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको र त्यसपछि हेलिकप्टरबाट उद्धार गरी उपचार गरिएको उनले जानकारी दिए ।
ऐतिहासिक संघर्षबाट प्राप्त गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै दलले लगानी गरे पनि, अहिलेको शासन व्यवस्थाले जनतालाई सुशासन र परिवर्तनको वास्तविक अनुभूति दिन नसक्दा उनी दुःखी छन् । उनले अहिलेको ‘जेन–जी’ पुस्ताको आक्रोशलाई राज्यको सेवा सुविधा र न्याय वितरणमा भएको कमजोरीको परिणामका रूपमा अथ्र्याएका छन् ।
रोकायाले नेपालमा शासन सत्ता सञ्चालन गर्ने निकायहरूलाई जनताको आवाज सुन्न र उनीहरूको भविष्यका लागि उचित निर्णय लिन आग्रह गरेका छन् । गणतन्त्रले सबैभन्दा बढी अधिकार भुइँतहका जनतालाई दिलाउनुपर्नेमा जोड दिँदै उनले नागरिकले अधिकार सम्पन्न भएको अनुभूति गर्न पाउनुपर्ने शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.