काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने भएको छ ।
विहीबार पत्रकार सम्मेलनमार्फत महोत्सव आयोजकले नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक तथा बहुराष्ट्रिय संरचनाभित्र आदिवासी जनजाति समुदायका इतिहास, भाषा, लिपि, मिथक, लोकज्ञान, सांस्कृतिक स्मृति तथा आध्यात्मिक अनुभवलाई दृश्य–श्रव्य माध्यममार्फत पुनस्र्थापित गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको जनाएको छ ।
महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम नभई सांस्कृतिक न्याय, आत्मप्रतिनिधित्व, भाषिक पुनर्जागरण तथा ज्ञान–उपनिवेशवादविरुद्धको प्रतिरोधको अन्तर्राष्ट्रिय सिनेम्याटिक आन्दोलन भएको उल्लेख गरिएको छ ।
आयोजकका अनुसार आधुनिक विकास–केन्द्रित विश्वदृष्टिले प्रकृति, समुदाय र सांस्कृतिक सहअस्तित्वलाई विखण्डित गरिरहेको वर्तमान अवस्थामा विश्व समुदाय पुनः आदिवासी ज्ञान–परम्परातर्फ फर्किन थालेको छ।
यही सन्दर्भमा आदिवासी चलचित्रलाई समुदायको विश्वदृष्टि, प्रकृतिसँगको सम्बन्ध, सामूहिक स्मृति र सांस्कृतिक चेतनाको जीवित अभिलेखका रूपमा हेरिएको छ । नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब डेढ हजारभन्दा बढी आदिवासी चलचित्र निर्माण भइसकेको महासंघले जनाएको छ ।
वर्तमानका सिर्जनाले मातृभाषा, भूमि सम्बन्ध, लोकज्ञान, सांस्कृतिक चेतना तथा सामुदायिक आवाजलाई केन्द्रमा राख्दै पृथक आदिवासी सिनेम्याटिक सौन्दर्यको विकास गरिरहेको आज सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ।
कथानक चलचित्रतर्फ ‘रीत’, ‘स्वयनगु’, ‘ङोल्स्यो रामरानी’, ‘ह्याङ तामाङ’ तथा ‘दिलसरा’ प्रदर्शन गरिने भएको छ। यस्तै लघु चलचित्रतर्फ ‘तङसिङ’, ‘दुखला ग्यम’, ‘निको पहिचान’ तथा ‘लाहुरेनी’ समावेश छन्।
वृत्तचित्रतर्फ ‘आग्रे’, ‘लदि पुजा’ तथा एआई जेनेरेटेड वृत्तचित्र ‘बिराटनगरके प्राचिन राजवंशी’ प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, निर्देशक, स्क्रिप्ट, अभिनेता, अभिनेत्री, छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिनेछ ।
आयोजकले विश्वभर आदिवासी चलचित्रलाई कला वा मनोरञ्जनभन्दा पनि सभ्यता, स्मृति, प्रतिरोध, अस्तित्व र सांस्कृतिक सार्वभौमिकताको राजनीतिक दस्तावेजका रूपमा हेरिन थालेको उल्लेख गरेको छ ।
महोत्सव निर्देशक सागर केरुङले नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको उदीयमान केन्द्रका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ता तथा समुदायबीच नयाँ संवाद र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास व्यक्त गरेका छन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.