×

बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति

खालीपाना न्युजडेस्क | ७ दिन अगाडि

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाफिजले सोमबार विज्ञप्ति जारी गर्दै बीमापोष्ट डटकममा २०८२ चैत २४ र २६ गते प्रकाशित दुई समाचार हटाउन अदालतले एकतर्फी रूपमा दिएको आदेश संविधान प्रदत्त प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको उल्लेख गरेको हो ।

विज्ञप्तिअनुसार अदालतले सञ्चारमाध्यमलाई स्वच्छ सुनुवाइको मौका नदिई २०८३ वैशाख १४ गते एकतर्फी सुनुवाइ गर्दै समाचार तथा टिप्पणीहरू वेबसाइटको डोमेनबाट हटाउन अन्तरिम आदेश जारी गरेको थियो ।

नाफिजले सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत उजुरी तथा कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने स्पष्ट पारेको छ । तर, उक्त विषयलाई काउन्सिलमा प्रवेश नै नगराई सिधै अदालतमा लगिएको र सञ्चारमाध्यमको धारणा नै नसुनी आदेश जारी गरिएको भन्दै संघले आपत्ति जनाएको छ ।

संघले नेपालको संविधान २०७२ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरिएको स्मरण गराउँदै संविधानको धारा १७, १९ र २७ ले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा जनताको सूचनाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गरेको छ । नाफिजले लोकतान्त्रिक व्यवस्थामा अदालतको सम्मान र निर्णय कार्यान्वयनप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ ।

तर, अदालतको पछिल्लो आदेश संविधान, प्रचलित कानुनी मान्यता तथा अन्तर्राष्ट्रिय अभ्यासविपरीत रहेको दाबी गर्दै उक्त आदेश पुनर्विचार गर्न सम्मानित अदालतसमक्ष आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.