×

अझै ४५ प्रतिशत नेपाली न्यूनस्तरको इन्टरनेट पहुँचमा सिमित छन् : आनन्द गौतम

खालीपाना न्युजडेस्क | ५३ मिनेट अगाडि

काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या करोडौँमा पुगेपनि अझै करिब ४५ प्रतिशत जनसंख्या गुणस्तरीय इन्टरनेट पहुँचबाट वञ्चित रहेका छन् । इन्टरनेट सोसाइटी नेपालका संस्थापक एवंम अध्येता आनन्द गौतमले नेपालमा ‘इन्टरनेट पहुँच’को बहस केवल नेटवर्क जोडिएको वा नजोडिएको प्रश्नमा सीमित नरहेको भन्दै गुणस्तरीय, सुरक्षित र समान पहुँच अहिलेको मुख्य चुनौती भएको बताएका हुन् ।

उनका अनुसार मोबाइल डेटा वा सामान्य कनेक्सन पुग्दैमा वास्तविक इन्टरनेट पहुँच भएको मान्न नसकिने अवस्था छ । ‘कागजमा हेर्दा इन्टरनेट पहुँच ९० प्रतिशतभन्दा माथि देखिन्छ, तर मानिसले आफूले खोजेको सामग्री सहज रूपमा प्रयोग गर्न सक्ने स्तरको गुणस्तरीय इन्टरनेट पहुँच भने करिब ५५ प्रतिशत जनसंख्यामा मात्रै छ,’ उनले भने, ‘अझै ४५ प्रतिशत नागरिक न्यूनस्तरको पहुँचमै छन् ।’

उनले पछिल्ला १५ वर्षमा नेपालले इन्टरनेट विस्तारमा ठूलो फड्को मारेको बताए । ‘१२–१५ वर्षअघि इन्टरनेट प्रयोगकर्ता हजारौँमा थिए, अहिले करोडौँमा पुगेका छन्,’ उनले भने, ‘तर पहुँच विस्तारसँगै त्यसको प्रभावकारी प्रयोग गर्ने दक्षता भने समान रूपमा विकास हुन सकेको छैन ।’

गौतमका अनुसार इन्टरनेट पहुँचलाई केवल ‘फिजिकल कनेक्सन’को रूपमा बुझ्न नहुने बताए । उनले भाषागत, अपाङ्गता भएका व्यक्तिको पहुँच, स्थानीय सामग्रीको उपलब्धता र डिजिटल साक्षरतासमेत समावेश हुनुपर्ने धारणा राखे । ‘मैले खोजेको सामग्री मेरो भाषामा छ कि छैन ? अपाङ्गता भएका व्यक्तिले डिजिटल सामग्री प्रयोग गर्न सक्छन् कि सक्दैनन् ? यी सबै विषय पहुँचसँगै जोडिन्छन,’ उनले भने ।

उनले नेपालमा डिजिटल साक्षरता कमजोर भएकाले इन्टरनेट प्रयोगसँगै साइबर सुरक्षा जोखिम पनि बढिरहेको बताए । ‘आज धेरै नागरिकका बैंकिङ सेवा, वालेट, व्यक्तिगत कागजात र गोप्य सूचना मोबाइल तथा क्लाउडमा छन्,’ उनले भने, ‘तर धेरै प्रयोगकर्ताले पासवर्ड सुरक्षा, डिजिटल गोपनीयता वा अकाउन्ट दुरुपयोगको जोखिमबारे पर्याप्त जानकारी राख्दैनन् ।’

उनका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये ठूलो हिस्सा यस्ता छन् जसको अकाउन्ट अरू कसैले खोलेको हुन्छ र पासवर्डसमेत अर्को व्यक्तिलाई थाहा हुन्छ । ‘यसको परिणाम के हुन सक्छ भन्ने चेतना अझै कम छ,’ उनले भने ।

गौतमले इन्टरनेटलाई अब सामान्य सेवा नभई आधारभूत पूर्वाधारको रूपमा लिनुपर्ने धारणा राखे । तर नेपालको इन्टरनेट संरचना अझै बाह्य निर्भरतामा आधारित रहेको उनले बताए । ‘नेपालमा आउने अधिकांश फाइबर लाइन भारतमार्फत आउँछन् । वैकल्पिक संरचना पर्याप्त छैन,’ उनले भने ।

उनले इन्टरनेट सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरण, विद्युत् प्राधिकरण र सरकारबीच समन्वय अभाव रहेको पनि बताए । नेपालमा ‘इन्फ्रास्ट्रक्चर सेयरिङ’को अवधारणा प्रभावकारी रूपमा लागू हुन नसकेको उनको भनाइ छ ।

‘एउटै स्थानमा विभिन्न कम्पनीले छुट्टाछुट्टै टावर वा संरचना बनाइरहेका छन्, जसको भार अन्ततः उपभोक्तामाथि पर्छ,‘उनले भने । इन्टरनेट नियमनको विषयमा पनि स्पष्टता अभाव रहेको उनको भनाइ छ । ‘आज इन्टरनेटको वास्तविक नियामक को हो भन्ने अन्योल देखिन्छ,’उनले भने, ‘कन्टेन्ट र प्लेटफर्म नियमनबीचको सीमा स्पष्ट छैन ।’ उनले अदालतको आदेशबाहेक कन्टेन्ट हटाउने वा नियन्त्रण गर्ने अधिकार कसैलाई नहुने तर्क गरे ।

गौतमले इन्टरनेट पहुँचलाई संविधानले सुनिश्चित गरेको नागरिक अधिकारको रूपमा बुझ्नुपर्ने बताए । ‘नागरिकले पैसा तिरेर सेवा लिइरहेका छन् भने त्यो सेवा अवरुद्ध हुनु हुँदैन,’उनले भने ।

उनले ग्रामीण क्षेत्रको डिजिटल विभाजन अझै गम्भीर रहेको उल्लेख गरे । ‘काठमाडौँ हेरेर मात्रै डिजिटल नेपालको कल्पना गर्न सकिँदैन,’ उनले भने, ‘अझै धेरै ठाउँमा विद्युत् नियमित छैन, सडक छैन, स्वास्थ्य चौकी पुग्न घण्टौँ हिँड्नुपर्छ । त्यस्ता ठाउँका नागरिकलाई कसरी समान डिजिटल सेवा दिने भन्ने ठूलो प्रश्न छ ।’

उनले फोरजी सेवा देशभर प्रभावकारी रूपमा विस्तार गर्न सके अधिकांश समस्या समाधान हुने बताए । साथै, स्याटलाइट र वायरलेस इन्टरनेटजस्ता विकल्पमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

गौतमले डिजिटल विभाजन घटाउन सरकार, निजी क्षेत्र, शिक्षक, नागरिक समाज र सेवा प्रदायक सबैको साझा पहल आवश्यक रहेको बताए । ‘डिजिटल साक्षरता सरकारको मात्रै जिम्मेवारी होइन,’ उनले भने, ‘निजी क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत डिजिटल साक्षरतामा लगानी गर्न सक्छ ।’

उनका अनुसार प्रविधिले ग्रामीण क्षेत्रका नागरिकलाई पनि आर्थिक अवसरसँग जोड्न सक्छ । ‘दूरदराजको गाउँमा होमस्टे चलाउने व्यक्तिले डिजिटल प्लेटफर्ममार्फत आफ्नो सेवा विश्वसामु पु¥याउन सक्छ भने त्यो नै डिजिटल पहुँचको वास्तविक अर्थ हो,’उनले भने ।

डिजिटल ठगीले इन्टरनेट प्रयोगकर्ता जोखिममा

नेपालमा इन्टरनेट पहुँच विस्तारसँगै डिजिटल ठगी, साइबर अपराध र डिजिटल साक्षरताको अभाव नयाँ चुनौतीका रूपमा देखिन थालेको गौतमले बताए । विशेषगरी ज्येष्ठ नागरिक, ग्रामीण क्षेत्रका नागरिक र डिजिटल सीप नभएका समुदाय साइबर ठगीको उच्च जोखिममा रहेको बताएका हुन् ।

उनका अनुसार अहिले साइबर ब्यूरोमा सबैभन्दा बढी उजुरी सामाजिक सञ्जालमार्फत धम्की, ब्ल्याकमेल र वित्तीय ठगीसँग सम्बन्धित आउने गरेका छन् । ‘अहिले सबैभन्दा खतरनाक पक्ष फाइनान्सियल फ्रड हो,’ उनले भने,‘इमेल, ह्वाट्सएप वा सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर मानिसलाई फसाइँदैछ ।’

उनले ठगीका अनेक उदाहरण उल्लेख गर्दै कतिपय मानिसलाई विदेश भ्रमण, जागिर वा बैंक खातामा रकम आएको भन्दै झुक्याइने गरेको बताए । ‘एक जना गाउँपालिका अध्यक्ष टर्की जान तयार भइसक्नुभएको थियो । पछि सामान्य इमेल जाँच गर्दा त्यो ठगी भएको थाहा भयो,’उनले भने ।

गौतमका अनुसार ठगीको स्वरूप अहिले निकै संगठित बन्दै गएको छ । सुरुमा सानो रकम पठाएर विश्वास जित्ने र पछि लाखौँ रुपैयाँ ठगी गर्ने प्रवृत्ति बढिरहेको उनले बताए । ‘हामीले डिजिटल सचेतना पर्याप्त रूपमा फैलाउन सकेका छैनौँ,’ उनले भने ।
ग्रामीण क्षेत्रमा डिजिटल विभाजन अझै गहिरो

गौतमले नेपालमा डिजिटल पहुँचको असमानता अझै ठूलो चुनौती रहेको बताए । उनका अनुसार सहरी क्षेत्रमा हुर्केका बालबालिकालाई डिजिटल उपकरण प्रयोगमा धेरै समस्या नभएपनि ग्रामीण क्षेत्रमा अझै धेरै विद्यार्थीले स्मार्टफोन वा ल्यापटप देख्नसमेत नपाएको अवस्था छ ।

‘काठमाडौं वा पोखरामा समस्या कम होला, तर दुर्गम गाउँका विद्यार्थीका लागि डिजिटल उपकरण नै नयाँ कुरा हो,’उनले भने, ‘त्यहाँ पहिले पहुँच र उपकरणको व्यवस्था गर्नुपर्छ ।’

उनले ज्येष्ठ नागरिकलाई डिजिटल माध्यम प्रयोगमा सहयोग गर्न नयाँ पुस्ताले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । ‘हरेक घरका युवालाई सक्षम बनाउन सकियो भने उनीहरूले आफ्ना अभिभावक र ज्येष्ठ नागरिकलाई सहयोग गर्न सक्छन्,’ उनले भने ।
गौतमले इन्टरनेट सोसाइटीले नेपालमा इन्टरनेट पहुँच, डिजिटल सशक्तीकरण, नीति निर्माण र डिजिटल रूपान्तरणका क्षेत्रमा काम गरिरहेको जानकारी दिए । उनका अनुसार संस्थाले साना उद्यमीलाई डिजिटल माध्यमबाट व्यवसाय प्रवद्र्धन गर्ने तालिमसमेत सञ्चालन गरिरहेको छ ।

त्यस्तै, अपाङ्गमैत्री सरकारी वेबसाइट निर्माणमा पनि संस्थाले प्राविधिक तथा आर्थिक सहयोग गरेको उनले बताए । ‘नेपाल सरकारका ६०० भन्दा बढी वेबसाइट अहिले अपाङ्गमैत्री बनेका छन्,’उनले भने, ‘स्क्रिन रिडरले सामग्री पढ्न सक्ने र किबोर्डबाट सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।’ उनले डिजिटल रूपान्तरण सफल बनाउन पहुँचसँगै डिजिटल साक्षरता र साइबर सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.